इ डेस्क स्थापनाले सेवाग्राहीलाई राहत

दमक । दमकका करदाताहरुले आफनो विवरण आफै भर्न पाउने इ डेक्स स्थापना भएपछि सेवाग्राहीलाई राहत मिल्ने भएको छ । करदाता सेवा कार्यालय दमकले शुक्रबारबाट इ डेक्सको सेवा शुरु गरेको हो । करदाताहरुको मागलाई मध्यनजर गरी उनीहरुको कारोवारको विवरण स्वंयले सुचना र प्रविधिको प्रयोग गरेर निशुल्क बुझाउन पाउने सेवा उपलब्ध गराएको कार्यालयका प्रमुख पुस्कलराज प्रसाईले बताए । यस सेवाले करदाता र कर कार्यालयबीच करमैत्री वातावरण निर्माण गर्ने उनको दावी छ । बिद्युतीय सेवाले बिगतमा कर्मचारी राखेर बिवरण भर्ने झन्झटबाट मुक्ति मिल्ने दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले बताए ।
ब्यवसायीले आफनो कारोवारको बिवरण सजिलो तरिकाले आफै भर्न र हेर्न सक्ने जस्ता फाइदा भएकाले यसलाई ब्यावसायीलाई राहत हुने अपेक्षा गरिएको छ । यहाँबाट दमक र शिवसताक्षी नगरपालिका र १३ गाविसका ९ हजार जना करदाताले  सेवा पाउने कार्यालयले जनाएको छ ।

1 प्रतिकृया:

NAYA PRABIDHIK KAMKO SURUWATLAI SHUVAKAMANA

Post a Comment