नक्कली चेक दिएर विद्यालयको ५ लाख झ्वाम - प्रहरी अनुसन्धान गर्दै

-  मन कुमार गदाल
 दमक | राष्ट्रिय बाणिज्य बैंक दमकमा रहेको एक उच्च माबिको खातामा नक्कली चेक प्रयोग गरि ५ लाख रुपैयाँ चोरी भएको छ । दमक ६ स्थित ढुकुरपानी उच्च माविको राष्ट्रिय बाणिज्य बैंक दमक शाखामा रहेको खाताबाट नक्कली चेक प्रयोग गरी  ५ लाख रुपैयाँ चोरी भएको हो ।
 बिद्यालयको बैंकको दमक शाखामा रहेको खाताको रकम दुई पटक गरी बैंककै बिर्तामोड शाखाबाट चोरी भएको छ । बैंकको खाताबाट गत बैशाख ३ गते १ लाख ५० हजार रुपैया र चैत ३० गते ३ लाख ५० हजार रुपैया नक्कली  चेक प्रयोग गरेर चोरी भएको बिद्यालयका प्राचार्य लिला खनालले जानकारी दिए ।  ६ गते शिक्षकहरुको संचयकोष जम्मा गर्न आउँदा खातामा पैसा नभएको थाहा भएको हो । खातामा जम्मा भएको रकम बैंकको बिर्तामोड शाखाबाट निकालिएको जानकारी बैंकका कर्मचारीले प्रधानअध्यापक खनाललाई दिएका हुन् । उक्त रकम निकालिएको चेक प्रअ लिलानाथ खनालकै नाममा काटिएको देखिएको छ । तर खनालले आफूले रकम नझिकेको बताएका छन् । तर बिद्यालयको चालु हालतको चेक हुंदा हुंदै बैंकको दमक शाखाले नयां चेक बुक दिएकोले त्यसको छानविन हुनुपर्ने बिद्यालयको माग छ । खाता सञ्चालकको हस्ताक्षर भएको चेक लिएर आएपछि बैंकले भुक्तानी दिएको बिर्तामोड शाखा प्रवन्धक किशोर अधिकारीले टेलिफोन मार्फत जानकारी दिए । शनिबारसम्म बैंकको दमक र बिर्तामोड शाखामा आन्तारिक अनुसन्धानपछि  दमक शाखा  प्रवन्धक
बासुदेव बरालले प्रतिवेदन इलाका प्रहरी कार्यालय दमकलाई  बुझाउने समय दिएको इलाका प्रहरी कार्यलय दमकका इन्स्पेक्टर भीम सिलवालले बताए ।
नक्कली चेकबाट रकम भुक्तानी लिने र दिने दुबै पक्षलाई कारवाहीको माग गदै बिद्यालयले इलाका प्रहरी कार्यलय दमकमा उजुरी दिएको छ ।  प्रधानध्यापक खनाल, सेवा निवृत भइसकेका पहिलाका खाता सञ्चालक  शुरवीर श्रेष्ठ  र दमक शाखा प्रवन्धक बराललाई प्रहरीले बोलाएर प्रारम्भिक अनुसन्धान गरिरहेको इन्स्पेक्टर सिलवालले बताए ।

0 प्रतिकृया:

Post a Comment