झापामा पहिलोपटक गाँजा खेती नष्ट

चन्द्रगढी । झापामा प्रहरीले पहिलो पटक अन्दाजी तीन लाख मूल्य बराबरको गाँजा खेती नष्ट गरेको छ । झापा भद्रपुर –४ स्थित वोत्ताबारीको गाउँमा लगाइएको गाँजालाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष प्रहरी टोलीले सुराकीको आधारमा पत्ता लगाएको गाँजालाई बडा प्रहरी कार्यालय भद्रपुरका सई ज्ञानेन्द्र झा नेतृत्वमा गएको टोलीले शुक्रवार दिउँसो ८२ वर्षीय विजला यादव, देवेन राजवंशी लगायतको खेतबाट गाजा नष्ट गरिएको झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जनाए । यादवले अन्दाजी १ कट्ठा र अन्यले आफ्नो घर वरपर लगाएको छ फिट भन्दा अग्लो गाँजालाई नष्ट गरेर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीयले दिएको जानकारी अनुसार यादवले भद्रपुर, चन्द्रगढी, महेशपुर, हल्दीवारी लगाएतका स्थानबाट दैनिक आउने लागुपदार्थ सेवनकर्तालाई बिक्री गर्ने गरेको बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment