प्राविधिक शिक्षातर्फ लाइफ लाइन नेपालमै उत्कृष्ट

दमक । प्रत्येक बर्षको परिक्षामा झापाको दमकस्थित लाइफ लाइन स्वास्थ्य बिज्ञान प्रतिष्ठान उत्कृष्ट नतिजा ल्याउदै देशभरमै उत्कृष्ट हुदै गएको छ । पछिल्ला बर्षहरुमा प्राबिधिक शिक्षातर्फ मुलुक भरीमै आफुलाई उत्कृष्ट बनाउदै ठुलो मात्रामा दक्ष जनशक्ति देशका बिभिन्न क्षेत्रमा पुर्याएको छ । एक बर्षयता प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद ( सिटीइभिटी ) ले प्रकाशित गरेको नजितामा लाइफ लाइनले नर्सिङ, हेल्थ असिस्टेन्ट र ल्याव असिस्टेन्टमा मुलुक भरीमै उत्कृष्ट नजिता ल्याएको छ । ३ बर्षयता उत्कृष्ट नजिता ल्याउदै आएको लाइफ लाइन प्राबिधिक शिक्षा दिने संस्थामध्ये दरिलो देखिएको हो । जेठ महिनामा परिषदले सार्बजनिक गरेको दुई बिषयमा देशभरमै उत्कृष्ट भएको छ । केहीदिन अघि सार्बजनिक भएको नजितामा आफ्नो प्रतिष्ठानले देशभरमै उत्कृष्ट नजिता ल्याएको प्रतिष्ठानका प्रिन्सिपल भीम सुब्बाले जानकारी दिए । प्रिन्सिपल सुब्बाका अनुसार एकसाता अघि सार्बजनिक गरिएको  नर्सिङ बिषयको प्रथम बर्षको नजितामा लाइफ लाइन देशभरीमै दोस्रो भएको छ । नर्सिङकै नजितामा लाइफ लाइनकी बिद्यार्थी सिता राई सर्बाधिक अंक ल्याएर नेपाल प्रथम भएकी छन् । सुब्बाका अनुसार मोरङ पथरीकी राई ६११ नम्बर अर्थात ८७.७० प्रतिशत ल्याएर नेपाल प्रथम भएकी हुन् । त्यस्तै एक महिना अघि आएको हेल्थ असिस्टेन्ट (एचए ) को दोस्रो बर्षको नजितामा पनि लाइफ लाइन देशभरि नै प्रथम भएको छ । त्यस नजितामा एचएका ३ जना बिद्यार्थीहरुले उत्कृष्ट नजिता ल्याएका थिए । अन्य बिषयको तुलनामा कमजोर देखिएपनि
ल्याव असिस्टेन्टमा पनि लाइफ लाइनले उत्कृष्ट नजिता ल्याउदै लगेको छ । परिषदले एकसाता अघि सार्बजनिक गरेको नजिता ल्याव असिस्टेन्टको प्रथम बर्षको परिक्षामा पनि यो प्रतिष्ठान नेपाल तेस्रो भएको छ । प्रतिष्ठानले अहिले नर्सिङ, एचए, ल्याव असिस्टेन्ट र रेडियोग्राफी बिषय अध्ययन गराउदै आएको छ । ती बिषयको नजितामा देशभरीमै दरिलो उपस्थिती देखाएपनि रेडियोग्राफीमा भने खासै प्रगति गरेको देखिदैन । नजिता राम्रो आएपनि नेपाल उत्कृष्ट हुनमा रेडियोग्राफीमा भने नसकेको प्रिन्सिपल सुब्बाले स्वीकार गरे । शुरुमा लाइफ लाइन अस्पताल खुलेपछि प्राबिधिक शिक्षातर्फ त्यसमार्फत २०६५ सालदेखि प्राबिधिक शिक्षा दिदै आएको छ । उत्कृष्ट नजिता संगसंगै प्रतिष्ठानमा उत्पादन गरिएको ठुलो जनशक्ति अहिले रोजगारमा रहेको प्रिन्सिपल सुब्बाले बताए । उनका अनुसार अहिलेसम्म ७ सय युवायुवती रोजगारका क्रममा नेपालका बिभिन्न क्षेत्रमा रहेको र नर्सिङतर्फ भने उत्पादन गरेकामध्येबाट ४० प्रतिशतले अस्पतालले नै रोजगार दिएको छ । आफ्नै सुबिधासम्पन्न अस्पताल रहेकोले पनि प्राबिधिक शिक्षातर्फ नजिता उत्कृष्ट आएको सुब्बाको दावी छ ।  अहिले करिब ४ सय बिद्यार्थी प्राबिधिक शिक्षामा अध्ययनरत रहेको र बार्षिक त्यति नै बिद्यार्थीहरु उत्पादन भएर रोजगारका लागि देशका बिभिन्न क्षेत्रमा जाने गरेको प्रतिष्ठानले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment