
वेदन दिएपछि सहकारीले टावर हटाइदिन कम्पनीसँग अझ निरन्तर माग गरेको छ । ६ महिना अघि नै टावरबाट जोखिम हुनसक्ने ठहर गरेर इलाका प्रशासन कार्यालयमा निवेदन दिएको सहकारीका व्यवस्थापक खोम बगालेले जनाए । ‘हाम्रो निवेदन उपर कारबाही गर्न इलाका प्रहरीलाई निर्देशन भएपनि कम्पनीले आलटाल गरिरहेको छ । यो बेला भूकम्पको त्रासले छिमेकी घरवालाले निरन्तर हामीलाई दवाव दिइरहेका छन् ।’– बगालेले भने । कम्पनीकाले आफ्नो टावरले घरमा क्षति पुगेको भए आफ्ना प्राविधिक ल्याएर चेकजाँच गरेपछि मात्र उपयुक्त देखिएमा ३ महिनापछि हटाउन सकिने जवाफ दिएर स्थानीयको मागलाई बेवास्ता गरेको जनाइएको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको यूटीएल कम्पनीसँग टेलिफोनमा बारम्बार सम्पर्क भएको भएपनि टावर हटाउन आलटाल गरिरहेको उनले बताए । १० वर्षका लागि सहमति गरेर टावर राखेको ८ वर्ष लाग्यो । ‘तर यो बेलाको सवैको त्रासमा व्यवहारिक अवस्थालाई हेरेर हटाउनु पर्ने परिस्थिती बन्यो भन्ने कुरा कम्पनीले बुझ्नु पर्छ ।’– बगालेले भने ।
0 प्रतिकृया:
Post a Comment