धेरै घिउले शुक्रकिटमा क्षति – स्वास्थ्य

पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला । यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन ।

चिल्लो पदार्थ भएका खानेकुराको अत्याधिक सेवनले तपाईको यौनस्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । अमेरिकी वैज्ञानिकहरुले हालै गरको अध्ययनले धेरै चिल्लो पदार्थ खाने पुरुषहरुमा शुक्रकिटको उत्पादन कम हुने तथ्य पत्ता लगाएका छन् ।
भोजनमा बढी चिल्लो तथा जंकफुड खाने पुरुषहरुको विर्यमा शुक्रकिटको मात्रा न्यून हुने र भएका शुक्रकिटको गुणस्तर पनि कम हुने शोधकर्ताहरुको निष्कर्ष छ ।
अध्ययनका क्रममा शोधकर्ताहरुले अमेरिकी प्रजनन क्लिनिकमा आउने पुरुषहरुसँग उनीहरुको भोजनको प्रकृति र शुक्रकिटको अवस्थाका विषयमा जाँच गरेका थिए ।
बोस्टनको हार्वाड मेडिकल स्कूलका प्राध्यापक जिल अटम्यानको नेतृत्वको वैज्ञानिकहरुको टोलीले गरेको अध्ययनका क्रममा बढी चिल्लो पदार्थ खाने पुरुषहरुमा कूल शुक्रकिटको संख्या मात्र नभएर विर्यमा शुक्रकिटको घनत्व समेत कम पाइयो । चिल्लो पदार्थ बढी खाने गरेका पुरुषहरु सबैमा शुक्रकिटको मात्रा प्रतिमिलिलिटर विर्यमा १ करोड ५० लाख औषतभन्दा कम पाइएको छ ।
तर माछा तथा वनस्पति तेलमा पाइने चिल्लो पदार्थ भने तुलनात्मक रुपमा बोसो तथा घिउ जस्ता जीवजन्य चिल्लोपदार्थ भन्दा स्वास्थ्यका लागि कम हानिकारक रहेको विज्ञहरु बताउँछन् ।

0 प्रतिकृया:

Post a Comment