रंगाशालाका लागि संस्था दर्ता थालिँदै

लखनपुर, चैत्र ४/झापाको लखनपुर–१ स्थित आदिवासी रङ्गशाला तथा स्मृतिपार्क निर्माण समितिले संस्था दर्ताका लागि प्रक्रिया थालेको छ ।
झापाको लखनपुर–१ स्थित सशस्त्र प्रहरीबल पाथीभरा गणको भोगचलनमा रहेको करिब १९ बिगाह जमिनमा २०६७ सालदेखि निर्माणाधिन अन्तर्राष्ट्रिय मापदण्ड रंगशाला निर्माणलाई थप गति दिन समिति दर्ताको कार्य अघि बढाइएको सो समितिका कार्यबहाक अध्यक्ष नित्यानन्द ताजपुरियाले जानकारी दिए ।
समितिको शुक्रबार सम्पन्न बैठकमा संस्था दर्ताका लागि प्रस्तावित विधान उपर छलफल भएको जनाइएको छ । बैठकले महासचिव घिरेन सुब्बा लाओतीको संयोजकत्वमा ५ सदस्यीय विधान अध्ययन तथा भाषागत त्रुटी सुधार उप–समिति गठन गरेको छ । समितिका सदस्यहरुमा सुमित्रा वाङ्देल राई, पदम जवेगू, दीपक धिमाल र कमन देवान रहेका सदस्य सुशीलकुमार राईले बताए ।
त्यस्तै समितिको सम्पन्न बैठकले समितिका संस्थापक अध्यक्ष सन्तकुमार वान्तावाको गत फागुन २० गते निधन भएको प्रति शोक प्रस्ताव पारित गरेको जनाइएको छ । रंगशालाको प्रचारप्रसारका लागि आगामी नव वर्ष २०६९ मा फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको प्रतियोगिता संयोजक दीपक धिमालले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment