बैगुन्धुरामा एमालेको अधिवेशन

गौरादह, चैत्र ४/नेकपा एमाले बैगुन्धुरा गाउँ कमिटीको ७ औँ गाउँ अधिवेशन पुनः ध्रुव घिमिरेको अध्यक्षतामा नयाँ कमिटी चयन गर्दै सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा डम्बर मगर, सचिवमा मुक्ति खतिवडा र सहसचिवमा सििरता ढकाललाई चयन गरेको पार्टीका क्षेत्रीय कमिटी उपाध्यक्ष उमानाथ बरालले जानकारी दिए । कमिटीका सदस्यहरुमा युवराज खतिवडा, सोमनाथ घिमिरे, पशुपति ढकाल, टिकाराम थापा, गोपाल घिमिरे, सरिता खनाल, गोविन्द निरौला, माधव चापागाई, भरत अधिकारी र निर्मला ढुंगाना चयन भएका जनाइएको छ ।
कमिटीको आरक्षण कोटामा दलित र विद्यार्थी सहित अन्य दुई जना मनोनित गर्ने व्यवस्था रहेको बताइएको छ । पार्टीका गाउँ कमिटी अध्यक्ष घिमिरेको अध्यक्षता र जिल्ला कमिटी अध्यक्ष रविन कोइरालाको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि कोइराला, विशेष अतिथि जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्रनम्बर ६ का सभाषद् दीपक कार्की, जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय इञ्चार्ज मदन अधिकारी, जिल्ला कमिटी सदस्य बलराम खरेल, क्षेत्रीय अध्यक्ष योगराज दाहाल र उपाध्यक्ष उमानाथ बरालले शुभकामना
मन्तव्य राखेका थिए । सो अवसरमा लामो समयदेखि पार्टीलाई उल्लेख्य योगदान पु¥याएबापत दुई जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा बैगुन्धुरा–४ का रोहित बस्नेत र ७ का रतन भट्टराई रहेका छन् । उनीहरुलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो । गाउँ कमिटी इञ्चर्ज राजेन्द्र पोख्रेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रकाश खरेलले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment