एचआर्ईभी संक्रमित ३ जनामात्र

ताप्लेजुङ, चैत्र ४/ ताप्लेजुङमा एचआइभी संक्रमितको संख्या धेरै भएको विभिन्न संघ सस्थाले बताइ रहेका बेला जिल्ला अस्पताल ताप्लेजुङको तथ्याङ्कले हाल सम्म ३ जना मात्र एचआइभी संक्रमित रहेको बताएको छ । २०६७ सालबाट सञ्चालन  आएको यौन रोग परामर्श केन्द्रमा हाल सम्म जाँच गरिएका मध्ये ३ जनामा मात्र एचआइभी पोजेटिभ देखिएको केन्द्रका परामर्शदाता सञ्जय साहले जानकारी दिएका छन् । लगभग अढाइवर्ष देखि  निरन्तर सेवा प्रदान गदै आएको यौन रोग परामर्श केन्द्रमा अहिले महिनामा १० देखि १५ जना सम्म रगत परीक्षण गराउन  आउने गरेको परामर्श केन्द्रका परामर्श दाता सञ्जय साहले बताए । एचआइभी तथा यौनरोग परामर्श केन्द्रमा निशुल्क जांच, यौन रोगको परामर्श र निशुल्क औषधी वितरण गरिने बताइएको छ । रगत जांच गर्न आउनेले रगत जांच गर्दा गोप्य हुने र एचआइभी पोजेटिभ, नेगेटिभ, वा कुनै यौन रोग भएको वा नभएको  बारेमा कसैलाई थाहा नहुने शाहले बताए ।

0 प्रतिकृया:

Post a Comment