पीडितले अझै न्याय पाएनन्

सुनसरी, चैत्र ४/ सुनसरी र मोरङ्ग जिल्लामा सशस्त्र द्वन्द्वकालमा यौनजन्य हिंसामा परेका एक सय बढी महिला तथा बालबालिकाहरुले अझै न्याय नपाएको गुनासो गरेका छन् ।
सरकारले सशस्त्र द्वन्द्वको अवधिमा मृतक, बेपता, टुहुरा, अङ्गभङ्ग, अपहरण, विस्थापित र व्यक्तिगत सम्पत्ति क्षति भएकाहरुलाई राहत दिए पनि यौनजन्य हिंसा पीडितलाई नसमेटेको पीडितहरुको गुनासो छ ।
सुनसरी र मोरङ्गमा मात्रै एक सय जनाभन्दा बढी यौनजन्य हिंसा पीडित महिला तथा बालबालीकाहरु रहेको मानवअधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाको तथ्याङ्क छ ।

0 प्रतिकृया:

Post a Comment