अग्निपीडितहरु पुनस्थार्पित हुँदै

दमक, चैत्र ४/ दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका आगलागी पीडित परिवारहरुलाई पुनस्र्थापित गराउने कार्यमा तीव्रता दिइएको छ ।
पुनःर्निर्माण गरिएका शरणार्थीका छाप्राहरु ।

शरणार्थी दातृनिकाय लुथरन विश्व फेडेरेशनको सहयोगमा बेलडाँगी–२ मा दुईसाता अघि आगलागीबाट बिस्थापित परिवारलाई घर निर्माणसँगै पुनस्र्थापित गराउने कार्य अघि बढाइएको हो । शिविर व्यवस्थापन समितिका सचिव डी.बी. सुब्बाले सातादिन भित्र ति क्षेत्रका आगलागी परिवारहरुलाई बसोबासका लागि जारी काम पूरा गरिने बताए ।
बेलडाँगी–२ का रामचन्द्र बाँस्कोटाको घरमा गत फागुन १८ मा भएको आगलागीबाट त्यस क्षेत्रका ५२ घर जलेर नष्ट भएका थिए । अहिले नयाँ बनाइएका आधा बढी घरमा बिस्थापितहरुलाई बसोबास भइसकेका छन् । यसैगरी हावाहुरीका कारण बढ्दो आगलागी जोखिम न्यूनिकरण गर्न शिविरमा सचेतना अभियान थालिएको छ ।
शुक्रबार बेलडाँगी–२ मा लुथरन विश्व फेडेरेशन र शिविर व्यवस्थापन समितिले आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले अभियान सफल बनाउन भानु कडरिया मुख्य संयोजक रहेको आगो बचाउ समिति गठन गरेका छन् । बेलडाँगी अन्तर्गतका तीनवटै शिविरका १४ सेक्टर संयोजक रहने गठित सञ्जाल गठन गरेका शिविर सचिव सुब्बाले जानकारी दिए । ति गठित सञ्जाललाई त्यस कार्यक्रममा आगोबाट बच्न पूर्वतयारी सम्बन्धी जानकारी दिइएको थियो ।
त्यस्तै हरेक सेक्टरमा फरुवा, बाल्टी, बेल्चा, गैती, बालुवा लगायतका आगो नियन्त्रणका सामग्रीहरु समेत वितरण गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment