पाथीभरामा जाने तिर्थालुको संख्यामा वृद्धि

ताप्लेजुङ, चैत्र ४/ रामनवमी पर्व नजिकिदै जाँदा नेपालकै प्रसिद्ध तिर्थस्थल ताप्लेजुङमा रहेको पाथीभरा जाने श्रद्धालु भक्तजनको संख्यामा वृद्धि भएको छ ।

माथिल्लो फेदीमा होटल व्यवसाय गर्दै आएका इन्द्रनारायण भट्टराईका अनुसार अहिले दिनमा २ सयको हाराहारीमा तिर्थालुहरु पाथीभराको दर्शनमा गइरहेका छन् ।
चिसो मौसम क्रमशः सकिदै गएको र हिउ पर्ने क्रम कम भएकोले पाथीभरा जानेको तिर्थयात्रीको संख्यामा वृद्धि भएको हो । गर्मी समय शुरु भइसकेका कारण अव पाथीभरा जाने तिर्थालु अझै बढ्दै जाने पाथिभरा देवी मन्दिर संरक्षण तथा सम्वर्दन समितिका अध्यक्ष डिल्लिजङ्ग मादेनले बताएका छन् ।
गुरास फुल्ने समय भएकाले र बडादशैको नौरथा पछि यो सिजनमा धेरै तिर्थालु पाथीभरा दर्शनका लागि जाने गर्दछन । पाथीभरा जानका लागि झापाबाट सुकेटार सम्म बस, र सेवारो चोक सम्म ट्याक्सी जाने गर्दछ भने विराटनगरबाट सुकेटार सम्म हवाइ सुविधा रहेको छ । सेवारो चोकबाट लगभग ५ घण्टा पैदल हिडेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्न्छ ।

0 प्रतिकृया:

Post a Comment