लिम्बुवानको बैठक शुरु

दमक, वैशाख १५/मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद् केन्द्रीय समितिको बैठक बिहीबारबाट दमकमा शुरु भएको छ ।
बैठकमा अध्यक्ष कुमार लिङ्देनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा लिम्बुवान प्राप्तिको आन्दोलन, संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका कार्यक्रम, संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिका कार्यक्रम, संविधानको मस्यौदामा लिम्बुवान भनी उल्लेख नभएको अवस्थामा संघर्षका कार्यक्रम, संघीयतामा लिम्बुवान उल्लेख नभई संविधान जारी भएको अवस्थामा संघर्षका कार्यक्रम,संगठन सुदृढिकरण पक्षलगायत समेटिएको छ ।
प्रतिवेदनमा लिम्बूवान राज्य प्राप्तिका लागि बिभिन्न कार्यक्रम गरिने, हस्ताक्षर संकलन गरिने लगायत उल्लेख छ । मारवारी सेवा सदनमा शुरु बैठकमा परिषद्का केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, भातृसंस्थाका प्रतिनिधि लगायत एक सय भन्दा बढी सहभागी छन् ।

0 प्रतिकृया:

Post a Comment