अमेरिकाबाट विद्यालयलाई सहयोग

कुञ्जीबारी, वैशाख १५/ अमेरिका बस्दै आएका झापा कारोबारी–१ का पुष्प दाहालले आफूले अध्ययन गरेको विद्यालयलाई ५६ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
महाभारा–३ स्थित बालकल्याण माविका भूतपूर्व विद्यार्थी दाहालले सो विद्यालयमाा उच्च शिक्षा सञ्चालनमा सो सहयोग प्रदान गरेका हुन् । उनले बिहीबार पठाएको सो रकम उनका पिता भक्तबहादुर दाहालले सोही दिन विद्यालयलाइ हस्तान्तरण गरेका बताइएको छ ।
गत सोमबारबाट जारी सो महायज्ञमा हालसम्म ५ लाख २ हजार रुपैयाँ सहयोग जुटेको प्रधानाध्यापक अच्युत नेपालले जानकारी दिए । नेपाल विकास कोष हरि औन सर्लाहीको समेत सहयोगमा सञ्चालित सो महापुराणमा आचार्य पण्डित सुदर्शन ढुङ्गेलले कथा वाचन गरिरहेका छन् ।

0 प्रतिकृया:

Post a Comment