मोर्चाको टीम सेमिफाइनलमा – खेल समाचार

दमक, वैशाख १५/झापाको लखनपुरमा जारी एसवाइसी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको बिहीबार सम्पन्न क्वाटरफाइनल खेलमा लिम्बूवान मुक्ति मोर्चा (ए) विजयी भएको छ ।
मोर्चाको भलिबल टिमले इटहरीको भलिबल क्लवलाई हराएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको सो खेलमा मोर्चाले २५–१५, २५–२२ र २५–१७ ल्याएर विजयी भएको थियो भने इटहरीले २५–२२ ल्याएर एक म्याच सहानुभूति बटुलेको थियो । विजयी टिमबाट पशुपति चौधरी, दिनेश चौधरी, भोजराज थापा दीपक राना लगायतका राष्ट्रिय खेलाडीहरु सहभागी थिए । यो जीतसँगै मोर्चा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि सोही समूहबाट बिर्तामोडको भगवान ब्रदर्श पनि सेमिफाइनलमा प्रवेश गरेको थियो ।

शुक्रबार भारत बनारसको डी डब्लु ओ र धाइजन शहरेडाङ्गी भलिबल टिमबीच क्वाटर फाइनल खेल हुने आयोजक सगुन युवा क्लवका अध्यक्ष गणेश आङ्देम्बेले जानकारी दिए । बिहीबार सम्पन्न साङ्गीतिक कार्यक्रममा गायक÷कलाकार यश कुमारको प्रस्तुति रहेको थियो । गायक यशकुमारलाई क्लवले नेपाली गीत सङ्गीत क्षेत्रमा योगदान पु¥याए बापत ताम्रपत्रद्वारा सम्मानित गरेको थियो । शुक्रबार हुने साङ्गीतिक कार्यक्रममा गायक प्रमोद खरेल आउने भएका छन् ।

0 प्रतिकृया:

Post a Comment