पानी छोएको भन्दै दुव्र्यवहार

पाँचथर, वैशाख १५/ पानी छोएको निहुँमा आफूलाई दुब्र्यवहार गरेको भन्दै सुभाङ–२ निबासी एलिना विश्वकर्माले बुधबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा दोषीलाई कार्बाहीको माग गर्दै मुद्दा दर्ता गरेकी छिन् ।
ताप्लेजुङ दोखु घर भई हाल पाँचथर जोरपोखरी बस्दै आएकी विश्वकर्माले स्थानीय दम्पती ५३ बर्षीया गंगा सढाई र उनकी पत्नी ५० बर्षीया जीवनकुमारी सेढाई विरुद्ध जातीय छुवाछुत ऐन अन्तर्गत मुद्दा दर्ता गरेकी हुन् ।
सेढाई दम्पतीले विश्वकर्माको छोराले आफूले पानी भरेको गाग्री छोएको भन्दै स्थानीय ट्याङ्की धारामा  विश्वकर्मालाई गत बैशाख ९ गते साँझ दुब्र्यवहार गरेका थिए ।
दाषीलाई तत्कालपक्राउ गरी कानुनी कार्बाही गरिने जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको छ

0 प्रतिकृया:

Post a Comment