तोपगाछी/ पश्चिम तर्फआउँदै गरेको जीआइजेट नामक संस्थाको एउटा गाडी झापाको तोपगाछी-७ केर्खामा पल्टिँदा चालक सहित चार जना घाइते भएका छन् ।
आइतबार साँझ ६ बजे आफै अनियन्त्रित भइ गाडी पल्टिँदा भएको सो दर्ुघटनामा गाडीका चालक विराटनगर-१५ का ४० वर्षीय निलबहादुर श्रेष्ठ, गाडीमा सवार सोही ठाउँका ४० वर्षीय महेश नेपाल, उनका पिता ६७ वर्षीय चन्द्र नेपाल र मोरङ शनिश्चरे-९ का ४४ वर्षीय लेखमणी ढकाल रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेहरुमध्ये चालक श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको र अन्यको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटना ग्रस्त GIZ लेखिएको १८-७-५२८ नम्बरको सो गाडी केर्खा प्रहरी चौकीमा राखिएको र दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको छ ।
0 प्रतिकृया:
Post a Comment