उर्लाबारी/मोरङको उर्लाबारी-६ स्थित मंगलबारे चौकलाई सफा र फराकिलो बनाउन सुरु गरिएको छ ।
स्थानीयबासीको अगुवाईमा पर्वपश्चिम राजमार्ग छेउमा रहेका खुद्रा पसलका रुपमा सञ्चालन हुँदै आएका टहराहरु हर्टाई चौकलाई ब्यवस्थित बनाउने कार्य सुरु गरिएको हो । राजमार्गको दुबैतर्फ८२ फिट भित्रका खाल्टाखुल्टी पुर्ने, चौकलाई सफा र फराकिलो बनाउन लागिएको स्थानीय प्रकाश थापाले बताए । चौकलाई ब्यवस्थित बनाउदा आसपासमा रहेका बोटबिरुवाहरुलाई काट्न नहुने स्थानीयबासीको राय रहेको छ ।
0 प्रतिकृया:
Post a Comment