दमक/दमक-१९ स्थित सगरमाथा टोल विकास संस्थाको अध्यक्षमा बबिता धिमाल चुनिएकी छिन् । संस्थाको सचिवमा धनकुमारी देवान र कोषाध्यक्षमा तुलसी देवान चुनिएका छन् ।
शनिबार सम्पन्न संस्थाको साधारण सभाले सो नेतृत्व चयन गरेको हो । संस्थाका निवर्तमान अध्यक्ष सिंहबहादुर देवानको सभापतित्व र धनकुमारी देवानको सञ्चालनमा भएको सभाको उद्घाटन वडास्तरीय सञ्जालका अध्यक्ष बद्री खनालले गरेका थिए ।
सभामा संस्थाकी कोषाध्यक्ष मनकुमारी देवानले १ लाख २७ हजार ४ सय ३९ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिइन् ।
0 प्रतिकृया:
Post a Comment