हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पत्रकार सहित चार जना सम्मानित


दमक२५ मंशिर ÷ ६६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा संगठनको २४ औं स्थापना दिवसको अवसरमा नेपाल म्ाानव अधिकार संगठन पूर्वााचल क्षेत्रीय समितीले शनिबार दमकका तीन पत्रकार र एक भुटानी अगुवालाई सम्मान गरेको छ ।
सम्मानित हुने पत्रकारहरुमा पूर्व सन्देश दैनिकका सम्पादक गाजबहादुर दाहालका साथै कृष्ण कार्की र टिकाराम उप्रेती रहेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेत एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज गगन पुरी नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष देवी दाहाल रासप्रपाका जयबहादुर श्रेष्ठ राप्रपा नेपालका केन्द्रीय परिषद् सदस्य राम थापा काहुराष्ट झापाका सचिव डा। घनश्याम सुवेदी द्वन्द्व पीडित डिल्ली रिजाल महिला अगुवा सुमित्र वाङ्देल लगायतले बोलेका थिए । उनीहरुले बिगतमा भएका मानव अधिकार हननका दोषीहरुलाई कानुनी कार्बाही नगरे सम्म दण्डहीनताको अन्त्य नहुने बताएका थिए ।
संगठनका पूव्ार्ााचल संयोजक डा। केपी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम दमक समितिका कार्यबाहक सभापति देवप्रसाद सुवेदीले साचालन गरेका थिए ।

लिम्बुवानद्वारा सम्मान


धरान२५ मंशिर÷ ÷ चासोक तङ्नाम पर्वको अवसरमा शनिबार धरानमा १० जना सम्मानित भएका छन् ।
लिम्बुवान फिल्मस्ले भवानी बराल किशोर सुब्बा अक्कलबहादुर मेयाङ्बो भिक्टोरीया क्रस बिजेता रामबहादुर बेघा ब्लाष्ट दैनिक सकुन्तला सुब्बा हर्ष सुव्बा नरप्रसाद लिम्बू भद्र सुब्बा र टीका सेनाहाङ्लाई सम्मान गरेको हो । समाजका विभिन्न क्षेत्रमा पुर् याएको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको फिल्म्सका मित्र लिङ्देनले बताए । कार्याक्रममा दूग्ार्ा नेम्वाङ्ले स्वागत मन्तव्य राखेका थिए ।

चुलाचुलीमा रक्तदान


चुलाचुली२५ मंशिर÷ इलामको चुलाचुलीस्थित बाह्रगोठेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा चुलाचुली तथा नेपाल स्वय्सेवी रक्तदाता समूह झापाले आयोजना गरेको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । संकलित रगत दमकस्थित रेडक्रस रक्तसाचार केन्द्रमा भण्डारण गरिएको समाजका अध्यक्ष विकल्प सुब्बाले बताए ।

कांग्रेसद्वारा अग्रज सम्मानित


दमक२५ मंशिर ÷ दमक-२ मा नेपाली कांग्रेसले शनिबार पार्टीका अग्रजहरुलाई सम्मान गरेको छ ।
वडा सभापति रोशन बिष्टको सभापतित्वमा भएको कार्यक्रममा लामो समयदेखि पार्टीमा योगदान पुर् याउने १५ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा महेशकुमारी कार्की डिल्लीराम थापा हरीलाल धिमाल छायाँदेवी बिष्ट अलनावती राजवंशी रामबहादुर अधिकारी डम्बरकुमारी घिमिरे खगेन्द्र श्रेष्ठ नरबहादुर थापा नैनकला बुढाथोकी धनपति पोखरेल रंगबहादुर दाहाल राधिका थापा हस्तबहादुर बुढाथोकी र कुलबहादुर साउदेन रहेका छन् ।
उनीहरुलाई दोसल्ला तथा टोपी र सम्मान पत्रले सम्मान गरिएको हो । पार्टीका क्षेत्रीय सभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर सभापति ढुण्डिराज भण्डारीले पार्टीले नगरमा गरेका विभिन्न गतिविधि बारे जानकारी गराएका थिए ।
२७ जनालाई कि्रयाशील सदस्यता वितरण गरिएको कार्यक्रममा पूर्व नगर सभापति पदम कोईराला नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकाश भण्डारी पार्टीकी नगर सदस्य गोमा प्रसाईबुढाथोकी भुपेन्द्र थापा नेपाल महिला संघकी वडा सभापति धु्रुवदेवी ति_िम्सना पूर्व वडाध्यक्ष पूर्णबहादुर बिष्ट पूर्व वडा सभापति अगमप्रसाद आङ्देम्बे राजवंशी समाजका नगर अध्यक्ष भरुवा राजवंशी पार्टीका क्षेत्रीय प्रतिनिधि श्याम आचार्य पार्टीका वडा नम्बर १० का सभापति दूर्गा कँडेल लगायतले बोलेका थिए । कार्यक्रममा पुष्प ति_िम्सनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको साचालन वडा सचिव दूर्गाप्रसाद गुरागाँईले गरेका थिए ।
यस्तै वडा नम्बर-१० मा समेत २ जना अगुवा कार्यकर्ता सम्मानित भएका छन् । शनिबार वडा सभापति दूर्गा कँडेलको सभापतित्वमा भएको कार्यक्रममा गोविन्द मिश्र र लिलानाथ बास्तोलालाई सम्मान गरिएको हो । कार्यक्रममा १ सय ३१ जनालाई कि्रयाशील सदस्यता वितरण गरिएको वडा सह-सचिव रमेश कार्कीले बताए ।

क्षेत्रीहरुको भेला सम्पन्न


दमक२५ मंशिर÷ खस क्षेत्री एकता समाजका केन्द्रीय अध्यक्ष युवराज कार्कीले अब बन्ने संविधान क्षेत्रीहरुको अधिकारलाई समावेश नगरे आफूहरुलाई अमान्य हुने बताएका छन् ।
झापाको दमकमा खस क्षेत्री एकता समाजको पूर्वााचल भेलालाई सम्बोधन गर्दैे संविधान भनेको आम जनताको भावना भएको बताउँदै क्षेत्रीहरुको अधिकार सुनिश्चित नभए आन्दोलन गर्ने उनले चेतावनी दिए ।
कार्यक्रममा पृथ्वी कार्की रोहितमान ढकाल राधा थापा जेबी खड्का युवा केन्द्रीय अध्यक्ष रवि केसी लगातले बोलेका थिए ।

जेसीज सप्ताह सम्पन्न


उर्लाबारी२५ मंशिर÷ मोरङको उर्लाबारीस्थ्ति उर्लाबारी जेसीजको आयोजनामा साचालित जेसीज सप्ताह विविध कार्यक्रम गर्दै शनिबार सम्पन्न गरिएको छ ।
सकारात्मक परिर्वतनका लागि कुशल नेतृत्व भन्ने मूल नाराका साथ सो सप्ताह सम्पन्न भएको हो । सो सप्ताह अन्र्तगत वक्तृत्वकला प्रतियोगिता स्लो मोटरसाईकल रेस म्याराथुन फलफूल र लत्ताकपडा वितरण लगायतका कार्यक्रम गरिएको छ । कार्यक्रमका बीच उर्लाबारी-४ स्थित अनाथ आश्रमका २९ जना बालबालिकाहरुलाई सिरक डसना सिरानी तन्ना टोपी र फलफूल वितरण गरिएको कार्यक्रम संयोजक विनोज न्यौपानेले बताए । सबै कार्यक्रमका विजेता सम्पूर्णलाई शिल्ड प्रमाणपत्र लगायत वितरण गरिएको थियो ।

मुरली भन्दा त नागरीकता ठुलो रहेछ


दमक÷ उमेर भन्न सजिलो छ । कति वर्ष पुगियो त्यो टु¨ाे नभए पनि २००१ साल बैशाखको जन्म भन्ने चाँहि मुखाग्र छ । नाम भक्तबहादुर दर्जी । जन्म थलो भोजपुर पौवा खेसाङ् । पाखुरामा बरगत आए देखि २०२४ साल सम्म स्थानीय शेरबहादुर अधिकारीको घरमा सहयोगी बसे । मधेष झर्दा काँधमा सानो पुन्तरो र हातमा एउटा मुरली थियोत्यो छँदैछ । ु२०२७ सालमा अधिकारी बुढा खसेु कडा स्वरमा भने-ुमालिक बितेको खवर सुने पछि गए पहाड तिरै ।ु १९ वर्ष मोरङ्को दलेली बसोबास भयो । त्यहाँ स्कुलको जग्गा अतिक्रमण भएको भने पछि थात-उठ्यो र दमक आईपुगे पाईला । अहिले दमक-१३ को बालुवाटरमा उनकै शव्दमा ुएउटा छाप्रो छु ।
पहाडमा घाँस-दाउरा गरे देखिको मुरलीको साथ अझै टुटेको छैन । टेक्ने-समाउने भरपर्दो नभए पछि जीवन गुजार्ने मेलो बनेको छ यहि मुरली । मुख थोतो हुन थाले पनि भाका ट्याप्पै टिप्छन-सिन्कि अचार होस गरहै सोल्टिनी देखि कुसुमे रुपमाल सम्मका । दिन भरि घर-घरमा पुगेर मुरलीको धुन सुनायो अनि खुसीले जे दिन्छन टोपी थाप्यो । एउटी भएका छोरीका सन्तान भई सके । घरमा जहान छिन् । मुरलीबाट भाका झिक्न ओठ-जिब्रोको भर कमजोर हुँदै गयो । हात-पाउ लड्खडाउन थाले । दामली अरु त अब सरकारले दिने बृद्धभत्ताको बाटो पनि हेर्न थाले । उमेरले एक तिहाईका सँग पनि वाक्यै पिच्चे हजुर÷मालिक भन्ने बानि छ उनको । ुके गर्नु हजुर अरु त अब २÷४ वर्ष पछि भत्ता खान थाल्छन आफु त मुरली बजायो बस्योु- जीवनको उत्तरार्धमा आई पुग्दा नागरीकता नहुँदाको पीडा सुनाउन थाले उनी । ुभाङ्बारीबाट ४५ सालमा मुरलीको भाका सुनाकै भरमा एउटी फकाईयो त्यसबेला बुढि पनि भेट्टाई दिने मुरली भन्दा ठुलो कुरा केहि लागेन अहिले बिचार गर्दा त मुरली भन्दा पनि ठुलो त नागरीकता पो रहेछु सेताम्यै फुलेका दाह्री कन्याउँदै थपे- ुके गर्नु हजुर बैश-उमेर मुरलीले खाईगो अहिले थाप्लो चिथोर्दा नहुने म निरक्षरी बुढोलाई कसले दिन्थ्यो नागरीकता ु उत्तर खोज्दै सेता आँखा जुधाए ।


केर्खामा रातो घाँघरा

१८ मंशिर
केर्खा÷ पछिल्लो समय गायन सँगै आकर्षक नृत्यले लोकपि्रयता कमाएकी ईन्दिरा जोशी सोमबार आफुमात्र नाचिनन् झापा र ईलामका ुफ्यानुलाई पनि नचाईन्ा् ।
केर्खामा जारी तोपगाछी महोत्वसमा सोमबार दर्शकको लामो पखाई पछि स्टेजमा आएकी उनले टुट्यो तारा आकाशमा गाँउदा आकााशका तारा चम्किन थालि सकेका थिए । दर्शकको पनि माग बढे पछि उनले रातो घाँघरा बोलका गीत गाँउदै कर्मर मर्काउँदा स्टेज अगाडी झुम्मिएका दर्शकले उनलाई उत्तिनै साथ दिएका थिए । गीत गाउँदै जाँदा उनीमात्र तानिन् मंशिरको रातमा छिप्पिँदो चिसोलाई पछार्दै उनको जीउपनि तातिएछ । उनले पहिले ज्याकेट खोलिन र स्टेजमा फालिन । त्यस पछि उत्साहित भएका ठिटा दर्शक उनलाई अरु लुगा खोल्न पनि आग्रह गर्दै थिए । तर सर्टको एउटा टाँक खोले पछि चाँहि अरु खोल्न हिम्मत गरिनन् ।
गत मंशिर-१६ गते देखि पहिलो पटक आयोजना भएको तोपगाछी महोत्वसमा दैनिक बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहँदै आएको छ । महोत्वसमा आज लोकगायक महेश बुढाथोकीले बिभिन्न गीतहरु प्रस्तुत गर्ने महोत्वस व्यवस्थापन समितका सदस्य दाताराम चापागाँईले बताए ।

दुर्घटनामा तिनको मृत्यु ५० घाईते बिस्फोटमा प्रहरी उपरीक्षक घाईते
१७ मंशिर
दमक÷ झापा र ईलाममा शनिबार भएका छुट्टा-छुट्टै सडक दुर्घटनामा तिन जनाको मृत्यु भएको छ भने ५० जना बढी घाईते भएका छन् ।
इलामको किटेनीमा ईलाम जादै गरेको रा।१ज १६६ नम्बरको ट्या_िक्स र ईलाम बाट आउँदै गरेको ना।४ख ६१२० नम्बरको रात्रीबस एक आपसमा ठोकिदा ट्या_िक्सी चालक राजन राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानकारी दिएको छ । यस्तै दुर्घटनामा घाईते गरामनी-८ की २५ वर्षिया मिना न्यौपानेको उपचारका लागी अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा गम्भीर घाईते भएका अरुण कोइराला र साजु लिम्बू लाई भारतको सिलीगुडी लगिएको छ । यस्तै गम्भीर घाईते सोनिया दाहाल लाई बिराटनगर उपचारका लागी लगिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुलाई बिर्तामोड र भद्रपुरको अस्पतालमा उपचार भैरहेको बताईएको छ । घटनामा १५ जना भन्दा बढि घाईते भएका छन् ।
यस्तै पूर्व पश्चिम राजमार्गको झापा चारपाने लक्ष्मीपुरमा कांकरभीट्टा तर्फ गईरहेको ना।४ख ३७०४ नं।sाे रात्रीबस र बिराटनगर तर्फ आई रहेको मे।१ख १३३९ नं।sाे मिनिबस एक आपसमा जुध्दा ४० घाईते भएका छन् । दुवै बस चालकका खुट्टा र हात भांचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा सख्त घाईते हुनेहरुमा सुनसरी ईटहरी बस्ने वर्ष २८ को पदम ढकाल, पांचथर चोक्माङ्गो बस्ने वर्ष २१ कि मन कुमारी तामाङ्ग, झापा बुधबारे बस्ब वर्ष ४४ को ललित विष्ट, जि पर्शा शुवर्णपुर बस्ने वर्ष २८ को किरण श्रेष्ठ, झापा शनिश्चरे बस्ने कुवेर गहतराज, चाराली बस्ने वर्ष २५ को उमानाथ प्याकुरेल, झापा डुडामारी बस्ने वर्ष २४ कि माया शेर्मा,  बारा बस्ने ३७०४ को बस चालक वर्ष ४३ को बम बहादुर गुरुङग, झापा चारआली बस्ने १३३९ नं का बस चालक वर्ष २२ को जंग बहादुर राई घाइते,  उपचार कन्काई हस्पिटल बिर्तामोडमा भई रहेको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीको इटहरी स्थित व्यस्त चौकमा शनिबार टाईम बम विस्फोट हुँदा सुनसरीका प्रहरी उपरिक्षक राजु मानन्धर र ५ जना सर्वसाधारण घाईते भएका छन् ।
घाईते हुनेमा इटहरी ४ का २५ बर्षिय एकराज गिरि इटहरी ३ का २४ बर्षिय सुरेन्द्र पोखरेल इटहरी ४ का गोपाल भुजेल र उनका १३ बर्षिय छोरा प्रविण भुजेल र मृगौलिया ६ मोरङका ४५ बर्षिय रित बहादुर थापा रहेका छन् ।
घाईते प्रहरी उपरिक्षक मानन्धरको बाया खुट्टाको पन्जामा चोट लागेको छ भने अरु घाईतेहरुको पनि हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेहरु सबैको विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।बम राखिएको सूचना पाएर बम डिस्पोजका लागी टोली पुगेर चेक गर्ने क्रममा नै बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोटको जिम्मा खम्बुवान मुक्ति मोर्चाले लिएको छ भने बम विस्फोटपछि इटहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसै गरी तोपगाछी-७ मा शनिबार करेन्ट लागेर एक व्यक्ति घाईते भएका छन् । मोरङ् भाउन्ने ९ का २० वर्षिय पर्वत खड्का करेण्ट लागेर गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । उनको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रष्ठिान धरानमा उपचार भईरहेका जनाईएको छ ।
यस्तै दमक चियाबगान क्षेत्रमा ट्रक र मोटरसाईकर जुध्दा एकजना गम्भिर घाईते भएका छन् । पूर्व आउँदै गरेको मे।१ख ५०९ नम्बरको ट्रकले ठोक्काउँदा को।१० प२३१० नम्बरको मोटरसाईकलमा सवार सुनसरी प्रकाशपुरका १७ वर्षिय बशन्त योगी घाईते भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका उनको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भई रहेको छ ।

अन्जू बनिन् आकर्षण


१७ मंशिर
केर्खा÷ रेडीयोमा आवाज सुनेकी र टेलीभिजनमा देखिएकी लोकपि्रय गायीका अाजू पन्तलाई पहिलो पटक भेट्दा झापाका दर्शकले तोपगाछी महोत्वसमा खुवै साथ दिए ।
केर्खामा पहिलो पटक शुरु भएको तोपगाछी महोत्वसको दोश्रो दिन मुख्य आकर्षणनैं अाजू बनिन् । दिउँसै देखी उनलाई पर्खिएर बसेका श्रोताले साँझ पर्दै जाँदा स्टेशमा देखे पछि निक्कै चर्को आवाजले साथ दिए ।
वशन्तनै बस्न खोज्छ बोलको रिमेक गीतबाट शुरु भएको उनको गायन यात्राका दर्शकले आधा घण्टा भन्दा बढि साथ दिए । कार्यक्रममा उनले सोह्र सृङ्गार तिर्खा लाग्यो पानी खाँए लगायतका लोकपि्रय गीत सुनाएकी थिईन् ।
कार्यक्रम साचालकको रुपमा देखिएका कलाकार विल्सनविक्रम राईको ठट्टामा पनि दर्शक निक्कै रमाएका थिए ।
झापा उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको महोत्वसमा दैनिक बिभिन्न कलाकारको प्रस्तुती रहने जनाईएको छ ।