जेसीज सप्ताह सम्पन्न


उर्लाबारी२५ मंशिर÷ मोरङको उर्लाबारीस्थ्ति उर्लाबारी जेसीजको आयोजनामा साचालित जेसीज सप्ताह विविध कार्यक्रम गर्दै शनिबार सम्पन्न गरिएको छ ।
सकारात्मक परिर्वतनका लागि कुशल नेतृत्व भन्ने मूल नाराका साथ सो सप्ताह सम्पन्न भएको हो । सो सप्ताह अन्र्तगत वक्तृत्वकला प्रतियोगिता स्लो मोटरसाईकल रेस म्याराथुन फलफूल र लत्ताकपडा वितरण लगायतका कार्यक्रम गरिएको छ । कार्यक्रमका बीच उर्लाबारी-४ स्थित अनाथ आश्रमका २९ जना बालबालिकाहरुलाई सिरक डसना सिरानी तन्ना टोपी र फलफूल वितरण गरिएको कार्यक्रम संयोजक विनोज न्यौपानेले बताए । सबै कार्यक्रमका विजेता सम्पूर्णलाई शिल्ड प्रमाणपत्र लगायत वितरण गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment