दुर्घटनामा तिनको मृत्यु ५० घाईते बिस्फोटमा प्रहरी उपरीक्षक घाईते
१७ मंशिर
दमक÷ झापा र ईलाममा शनिबार भएका छुट्टा-छुट्टै सडक दुर्घटनामा तिन जनाको मृत्यु भएको छ भने ५० जना बढी घाईते भएका छन् ।
इलामको किटेनीमा ईलाम जादै गरेको रा।१ज १६६ नम्बरको ट्या_िक्स र ईलाम बाट आउँदै गरेको ना।४ख ६१२० नम्बरको रात्रीबस एक आपसमा ठोकिदा ट्या_िक्सी चालक राजन राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानकारी दिएको छ । यस्तै दुर्घटनामा घाईते गरामनी-८ की २५ वर्षिया मिना न्यौपानेको उपचारका लागी अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा गम्भीर घाईते भएका अरुण कोइराला र साजु लिम्बू लाई भारतको सिलीगुडी लगिएको छ । यस्तै गम्भीर घाईते सोनिया दाहाल लाई बिराटनगर उपचारका लागी लगिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुलाई बिर्तामोड र भद्रपुरको अस्पतालमा उपचार भैरहेको बताईएको छ । घटनामा १५ जना भन्दा बढि घाईते भएका छन् ।
यस्तै पूर्व पश्चिम राजमार्गको झापा चारपाने लक्ष्मीपुरमा कांकरभीट्टा तर्फ गईरहेको ना।४ख ३७०४ नं।sाे रात्रीबस र बिराटनगर तर्फ आई रहेको मे।१ख १३३९ नं।sाे मिनिबस एक आपसमा जुध्दा ४० घाईते भएका छन् । दुवै बस चालकका खुट्टा र हात भांचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा सख्त घाईते हुनेहरुमा सुनसरी ईटहरी बस्ने वर्ष २८ को पदम ढकाल, पांचथर चोक्माङ्गो बस्ने वर्ष २१ कि मन कुमारी तामाङ्ग, झापा बुधबारे बस्ब वर्ष ४४ को ललित विष्ट, जि पर्शा शुवर्णपुर बस्ने वर्ष २८ को किरण श्रेष्ठ, झापा शनिश्चरे बस्ने कुवेर गहतराज, चाराली बस्ने वर्ष २५ को उमानाथ प्याकुरेल, झापा डुडामारी बस्ने वर्ष २४ कि माया शेर्मा,  बारा बस्ने ३७०४ को बस चालक वर्ष ४३ को बम बहादुर गुरुङग, झापा चारआली बस्ने १३३९ नं का बस चालक वर्ष २२ को जंग बहादुर राई घाइते,  उपचार कन्काई हस्पिटल बिर्तामोडमा भई रहेको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीको इटहरी स्थित व्यस्त चौकमा शनिबार टाईम बम विस्फोट हुँदा सुनसरीका प्रहरी उपरिक्षक राजु मानन्धर र ५ जना सर्वसाधारण घाईते भएका छन् ।
घाईते हुनेमा इटहरी ४ का २५ बर्षिय एकराज गिरि इटहरी ३ का २४ बर्षिय सुरेन्द्र पोखरेल इटहरी ४ का गोपाल भुजेल र उनका १३ बर्षिय छोरा प्रविण भुजेल र मृगौलिया ६ मोरङका ४५ बर्षिय रित बहादुर थापा रहेका छन् ।
घाईते प्रहरी उपरिक्षक मानन्धरको बाया खुट्टाको पन्जामा चोट लागेको छ भने अरु घाईतेहरुको पनि हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेहरु सबैको विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।बम राखिएको सूचना पाएर बम डिस्पोजका लागी टोली पुगेर चेक गर्ने क्रममा नै बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोटको जिम्मा खम्बुवान मुक्ति मोर्चाले लिएको छ भने बम विस्फोटपछि इटहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसै गरी तोपगाछी-७ मा शनिबार करेन्ट लागेर एक व्यक्ति घाईते भएका छन् । मोरङ् भाउन्ने ९ का २० वर्षिय पर्वत खड्का करेण्ट लागेर गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । उनको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रष्ठिान धरानमा उपचार भईरहेका जनाईएको छ ।
यस्तै दमक चियाबगान क्षेत्रमा ट्रक र मोटरसाईकर जुध्दा एकजना गम्भिर घाईते भएका छन् । पूर्व आउँदै गरेको मे।१ख ५०९ नम्बरको ट्रकले ठोक्काउँदा को।१० प२३१० नम्बरको मोटरसाईकलमा सवार सुनसरी प्रकाशपुरका १७ वर्षिय बशन्त योगी घाईते भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका उनको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भई रहेको छ ।

0 प्रतिकृया:

Post a Comment