पत्रकार सहित चार जना सम्मानित


दमक२५ मंशिर ÷ ६६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा संगठनको २४ औं स्थापना दिवसको अवसरमा नेपाल म्ाानव अधिकार संगठन पूर्वााचल क्षेत्रीय समितीले शनिबार दमकका तीन पत्रकार र एक भुटानी अगुवालाई सम्मान गरेको छ ।
सम्मानित हुने पत्रकारहरुमा पूर्व सन्देश दैनिकका सम्पादक गाजबहादुर दाहालका साथै कृष्ण कार्की र टिकाराम उप्रेती रहेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेत एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज गगन पुरी नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष देवी दाहाल रासप्रपाका जयबहादुर श्रेष्ठ राप्रपा नेपालका केन्द्रीय परिषद् सदस्य राम थापा काहुराष्ट झापाका सचिव डा। घनश्याम सुवेदी द्वन्द्व पीडित डिल्ली रिजाल महिला अगुवा सुमित्र वाङ्देल लगायतले बोलेका थिए । उनीहरुले बिगतमा भएका मानव अधिकार हननका दोषीहरुलाई कानुनी कार्बाही नगरे सम्म दण्डहीनताको अन्त्य नहुने बताएका थिए ।
संगठनका पूव्ार्ााचल संयोजक डा। केपी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम दमक समितिका कार्यबाहक सभापति देवप्रसाद सुवेदीले साचालन गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment