शारदाले स्वर्ण महोत्सव मनाउने

उर्लाबारी/ मोरङको मधुमल्ला–७ स्थित शारदा माध्यमिक विद्यालयले ५० वर्ष पूरा भएको अवसरमा फागुन–११ गतेदेखि १५ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।
५० वर्ष पूरा भएर ५१ वर्षमा प्रवेश गरेको अवसरमा सो महोत्सव मनाउन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । सो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज फु“यालले जानकारी दिए । विद्यालय भौतिक र आर्थिक रुपमा कमजोर रहेको भएपनि स्वर्ण महोत्सव भव्य रुपमा मनाउने तयारी भईरहेको उनले बताए ।  महोत्सव अन्तर्गत ११ गते सरसफाई, १३ गते  मोटरसाइकल ¥याली, १४ गते शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, भूपु विद्यार्थी मञ्च र अभिभावक बीच फुटबल प्रतियोगिता, अन्तर विद्यालय स्रोत केन्द्र स्तरीय खेलकुद, १५ गते स्वर्ण महोत्सव स्मारकको अनावरण, विद्यालयको स्मारिका विमोचन, पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रम रहेको अध्यक्ष फुयालले बताए । सो महोत्सव सम्पन्न गर्न ४ लाख खर्च लाग्ने शिक्षक भोलानाथ पोखरेलले बताए ।  देशभरी शारदा माविलाई चिनाउन पनि सो महोत्सव गर्न लागिएको उनले बताए ।  स्वर्ण महोत्सवको समापनमा शिक्षा मन्त्री दिननाथ शर्मा आउने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । २०१८ सालमा स्थापना भएको सो विद्यालयमा ६ सय विद्यार्थी अध्ययरत रहेको शिक्षक गोपाल भट्टराईले जानकारी दिए । सो विद्यालयमा उर्लाबारी–२, ३ तथा मधुमल्ला–६, ७, ८ र ९ वडाका विद्यार्थी अध्ययरत रहेका छन् भने माविमा १, निमाविमा ३ र प्राविमा ८ दरबन्दी तथा निजी स्रोतमा २ जना गरी १४ जना शिक्षकहरु रहेका छन् । सो विद्यालयको एक बिघा १४ कठ्ठा जमिन रहेको छ ।

0 प्रतिकृया:

Post a Comment