ताप्लेजुङ, चैत ११ /जिल्ला नापीकार्यालय ताप्लेजुङमा एमोनिया रोल सकिएपछि सर्वसाधारणले जग्गा जमिनको नक्सा पाउन छोडेका छन । नक्सा उतार्न प्रयोग गरिने एमोनिया रोल सकिएकोले नक्सा उतार्ने काम प्रभावित भएको नापी कार्यालयका प्रमुख मानकुमार प्रधानले जानकारी दिए ।
एमोनिया रोल नेपालमा नपाइने र भारतबाट झिकाउनुपर्ने हुँदा आउन केही दिन समय लाग्ने बताइएको छ । बुधबारदेखि यस्तो समस्या खेपीरहेका सर्वसाधारणले नक्सा पाउन अझै केही दिन पर्खनुपर्ने प्रधानले जानकारी दिए । नापी कार्यालयमा दैनिक जस्तो २० जनाको हाराहारीमा सर्वसाधारणहरु जग्गा जमिनको नक्सा लिन आउने गरेका छन् ।

0 प्रतिकृया:
Post a Comment