अबैध हतियार बरामद

ईटहरी, चैत ११ /सुनसरीको सिमरीयास्थित एक घरबाट प्रहरीले शुक्रबार बिभिन्न हतियार बरामद गरेको छ ।
सिमरीया–८ का सुदान चन्द्रवंशीको घरबाट इलाका प्रहरी कार्यालय दुहबीको टोलीले एक थान ग्क्ब् अटोमेटीक पेस्तोल, एकथान म्याग्जिन र कटुवा पेस्तोल एक थान तथा त्यसको ९ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सर्चका क्रममा सो घरबाट  खैरो रंगको धुलो पाउण्डर काजगमा वेरेको अवस्थामा ५० ग्राम, पहेलो रंगको धुलो
पाउडर १०० ग्राम, सेतो धुलो पाउडर ६० ग्राम, र  कानमा लगाउने सुनको २ थान टप, सुनको औठी २ थान तथा विभिन्न दरका नेपाली तथा भारतीय रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शंकास्पद व्यक्तिहरु बसोबास गर्ने गरेको सूचनाका आधारमा सर्च गरिए पनि ति व्यक्तिहरु फेला नपरेको जनाइएको छ । घर धनी चन्द्रवंशीलाई भने अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 प्रतिकृया:

Post a Comment