सरकारी अधिकारीद्वारा ‘सेप’ अगुगमन

दमक, चैत ११ /दमकस्थित दमक बहुमुखी क्याम्पसमा सञ्चालित दोश्रो उच्च शिक्षा परियोजना–सेपको शुक्रबार उच्च सरकारी टोलीेले अनुगमन गरेको छ ।
विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.भोलानाथ पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवकुमार राई, शिक्षा मन्त्रालयका सचिव किशोर थापा लगायतको टोलीले परियोजनाका गतिविधिबारे अनुगमन गरेको हो । सो क्रममा टोलीले क्याम्पसको पुस्तकालय, प्रयोगशाला, बिभागीय कक्षाहरुको अनुगमन, परियोजनाका अवस्थाबारे जानकारी लिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सेप संयोजक राम थापाले परियोजना अन्तर्गत भइरहेका गतिविधिबारे जानकारी गराएका थिए । यस्तै सेप सचिवालय प्रमुख डिल्ली भट्टराईले श्रव्य–दृश्य सामाग्री मार्फत परियोजनाका उपलब्धीबारे प्रकाश पारेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख सन्तकुमार भगतले धन्यवाद ज्ञापन गरेका थिए ।
क्याम्पसको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको बनाउन सन् २०१४ जनवरीसम्ममा सकिने गरी परियोजना सञ्चालित छ । क्याम्पसले परियोजना सञ्चालनपछि ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ प्रमाण पत्र पाइसकेको छ ।

0 प्रतिकृया:

Post a Comment