कविता

राजनीति खेल भ्रष्टलाई जेल

जयप्रसाद गुप्ता तिमीले जनताको जय
गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए
जनताको जय होइन आफ्नै जय ग¥यौ
जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ

भ्रष्टचारको छिनो फानो अदालतमा भएको
गुप्तीचालले खाँदा पनि कस्तो चालपाएको
संसद भयौ मन्त्री भयौ भ्रष्ट ग¥यौ अत्ति
तिमी जस्ता भ्रष्ट संसद होलान्  अझै कत्ति

भ्रष्टाचारको आरोप पहिला होइन भन्दै गयौ
सर्वोच्चमा पुगे पछि भ्रष्टाचारी भयौ
भ्रष्टाचारी भयौ नेता पुग्यौ मामा घरमा
मन्त्री होइन जेलमा बस्ने रहेछ तिम्रो कर्म

जयप्रसाद गुप्ता तिम्रो नामको मात्र जय
भ्रष्टाचारी नेता मन्त्री तिम्रै साथी भए
जनता ढाट्यौ भ्रष्ट ग¥यौ आफ्नै खल्ती भ¥यौ
पाटीको र देशको बदनाम गर्न सम्म ग¥यौ

सुत्दा पनि सपनीमा पैसा गनी रहन्छ्यौ
मर्दा पनि धनसम्पत्ति साथै लिएर जान्छौ
जन्मे पछि एक दिन आउँछ मनुपर्ने दिन
धन सम्पत्ति जग्गा जमिन पाउने छैनौ सान
पुण्य प्रसाद भट्टराई
दमक–१८

 

 

 

आमा

आमाको ममताको लेखा छैन
आमा भन्दा ठूलो इश्वर होइन
आमा हाँस्दा दिशा खुल्छ
हृदय भित्र ईश्वर डुल्छ

सुपुत्रले नै आमा चिन्छ
सेवा गर्दै बाटो हिड्छ
आमाले खुवाइन दूधको घाटा
देखाई दिइन् विश्व सारा
सृष्टि अधिकारी
कक्षा – आठ
श्री सिंह देवी उच्च मा.वि.



घाम

उजेलीलाई साथै ल्यााउने
कति राम्रो घाम
घामसित शुरु हुन्छ
हाम्रो पनि काम

विद्यार्थीले पढ्ने लेख्ने
उजेलीमा हाँसो
आफ्नो–आफ्नो काम गरौ
मनमा माया गासौँ

अध्यारोलाई भगाई आउने
कति राम्रो जुन
मनको डर हटाइदिने
नबिर्से है गुन ।
सौगात न्यौपाने

0 प्रतिकृया:

Post a Comment