बाहुनडाँगीमा कृषि महोत्सव हुने

बाहुनडाँगी, २३माघ २०६८/आजको आवश्यकता कृषिमा व्यवसायिकता भन्ने मुल नाराका साथ झापा पूर्वीउत्तर गाविस बाहुनडाँगीमा सोमबार एक दिने चौथो कृषि महोत्सव लाग्ने भएको छ ।
ब्ााहुनडाँगी मुल कृषक समूहको आयोजना तथा बौद्धमोड कृषि सहकारीको सह-आयोजनामा हुन लागेको उक्त महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामाग्रीहरु प्रदर्शनीमा राखिने भएको छ । समूहको आठौँ बार्षिक साधारणसभाको अवसर पारेर आयेजना हुन लागेको उक्त महोत्सवमा स्थानीय स्तरमा उत्पादित अन्नबाली तरकारी फलफुल तथा तेलजन्य सामाग्रीहरुको प्रदर्शन गरिने भएको छ भने प्रदर्शनीमा उत्कृष्ट हुने व्यक्तिलाई पुरस्कृत गरिने समूहका अध्यक्ष पूर्ण खड्काले बताए । 
महोत्सवमा ३ सय बढी कृषकहरुको सहभागी रहने अनुमान गरिएको छ भने यस अघि नै इलामको जिर्मले सलकपुर खम्बुटार तथा शान्तिनगर गाबिसबाट नाम दर्ता गराइसकेको अध्यक्ष खड्काले बताए । साथै साधारणसभाको अवसर पारेर महोत्सवका दिन समूहले निःशुल्क स्वास्थ्य शिविर समेत संाचालन गर्ने भएको छ । उक्त शिविरमा आम्दा दमक र धुलाबारीको प्राविधिक सहयोग रहने आयोजक संस्थाले बताएको छ । 

0 प्रतिकृया:

Post a Comment