जाँते एमालेमा विक

उर्लाबारी, २३माघ २०६८/नेकपा एमाले जाँते गाँउ कमितिको छैटौ अधिवेशनले डिल्ली बिकको अध्यक्षतामा १३ सदस्ययीय गाउँ कमिटी चयन गरेको छ ।
श्री उच्च माबि जाँतेको सभाहलमा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा नरिसंहबहादुर राई सचिव झमप्रसाद अधिकारी र सह-सचिवमा कमला ढकाल रहेका छन् । सदस्यहरुमा पुण्य सापकोटा कृष्णप्रसाद पोखरेल भवानी रिजाल सन्तबहादुर राई अमृता आले डिल्ली भण्डारी र गीता चेम्जोङ रहेका छन् । 
एमाले मोरङ अध्यक्ष बिनोद ढकालको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा जिल्ला सदस्य भूपाल जिमी मोरङ क्षेत्र नं।९ का क्षेत्रीय अध्यक्ष उपेन्द्र घिमिरे सह-सचिब पुष्प ढकाल लगायतले बोलेका थिए । 

0 प्रतिकृया:

Post a Comment