शिक्षकले गरे नारा जुलुश


चन्द्रगढी/झापाका शिक्षकहरुले आइतबार सदरमुकाम चन्द्रगढीमा नाराजुलुस गरेका छन् । 
भद्रपुरस्थित जिल्ला शिक्षा कार्यालयबाट नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक माच नेपालको अगुवाईमा निस्किएको जुलुसले चन्द्रगढी समेत परिक्रमा गरेको थियो । 
सो पछि ट्रेड युनियन चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै शिक्षक नेताहरुले बारम्बार सरकारसँग भएका पेशागत हकहित सम्बन्धीका माग पूरा गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न माग गरे । उनीहरुले सरकारले आफूहरुका मागको सम्बोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । 
कोणसभामा युनियनका झापा अध्यक्ष नारायणप्रसाद गौतम नेपाल कर्मचारी परिषद्का जगेन राजवंशी नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य सरस्वती सिटौला जिल्ला अध्यक्ष यामकुमार सिटौला नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका अध्यक्ष नेत्र पाठक नेपाल शिक्षक युनियनका झापा उपाध्यक्ष शारदा शर्मा मधेसी आदिवासी हकहित माचका रमाकान्त चौधरी पेशागत महासंघका जिल्ला अध्यक्ष भीमबहादुर नेपाल वेदनिधी निरौला अखिल नेपाल शिक्षक संगठनका कृष्ण घिमिरे अनेरास्ववियुका झापा अध्यक्ष असारु राजवंशी लगायतले बोलेका थिए । 
शिक्षकहरु अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने राहत दरबन्दीका शिक्षकहरुलाई दरबन्दीमा परिणत गर्नुपर्ने ०५६ भाद्र ७ गतेको सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने महँगी भत्ता बढाउनुपर्ने लगायतका माग अघि सारी ुकाम रोक धर्नाु आन्दोलनमा छन् ।

0 प्रतिकृया:

Post a Comment