ट्रेड युनियनमा थापा

उर्लाबारी,२३माघ २०६८÷नेपाली कांग्रेस सम्बद्ध मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस नगर समिति उर्लाबारीको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट विष्णु थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा यामबहादुर कार्की सचिवमा बद्री बास्तोला सहसचिवमा दुर्गाप्रसाद बराल कोषाध्यक्षमा दानबहादुर भुजेल र सदस्यहरुमा बेचन राय सूर्य लकान्द्री हरी पाँचकोटी युगप्रसाद ढकाल अर्जुन शर्मा मित्रकुमार श्रेष्ठ र प्रेमलाल धामी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सल्लाहाकार समितिमा मोहमत इर्दु गणपतलाल चौधरी र दुर्गानारायण श्रेष्ठलाई चयन गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका केन्द्रिय सदस्य नारायणबाबु कार्कीे नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका जिल्ला अध्यक्ष गोपाल शर्मा महासमिति सदस्य ललित अधिकारी शोभा पालुङ्गा नेपाली कांगे्रसका क्षेत्रीय सभापती खड्ग फागो उर्लाबारी नगर सभापती बिरबल थापा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष केशव कार्की जिल्ला सहकारी संघका अध्यक्ष तेजकुमार रिजाल तरुण दलका नगर सचिव नारायण निरौला तदर्थ समितिका सचिब भिमबहादुर राउत लगायतले मजदुरहरुको हकअधिकारलाई सुनिश्चित गर्नु पर्नेमा जोड दिएका थिए । 

0 प्रतिकृया:

Post a Comment