पाँच गाविसमा लिम्बुवानका कमिटी

बिर्तामोड, २३माघ २०६८/माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले झापाको विभिन्न पाँच गाविसमा संगठन विस्तार गरेको छ ।
परिषद्ले राजगढमा मनकुमार सुब्बा घरावारीमा नारायण लिम्बु केचनामा टोपलाल गणेश बनियानीमा हरिलाल मिया बालुवाडीमा अनिल विश्वकर्मा र केचनामा दिव्य श्रेष्ठको अध्यक्षतामा गाउँ समिति गठन गरेको जनाइएको छ । 
परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न छुट्टा छुट्टै भेलामा वैकल्पिक केन्द्रीय सदस्य प्रेम घिमिरे युवा माचका केन्द्रीय उपाध्यक्ष युवराज लामा लगायतले बोलेका थिए । कार्यक्रमको साचालन संघीय लिम्बुवान पत्रकार परिषद्का वत्सल भट्टराई र शंकर भट्टराईले गरेका थिए । 
परिषद्ले आउँदो फागुन १९ र २० गते केचनाबाट बिर्तामोडसम्म मार्चपास गर्ने कार्यक्रमको तयारी स्वरुप संगठन बिस्तार गरिएको बताइएको छ । सोको नेतृत्व परिषद्का अध्यक्ष कुमार लिङ्देनले गर्ने जनाइएको छ । 

0 प्रतिकृया:

Post a Comment