हात्तीपाइले विरुद्धको औषधि खाँदा बिरामी

दमक,२३माघ २०६८/ सरकारले टोलटोलमा खटिएका स्वास्थ्य स्वयम्सेवकहरु मार्फत् उपलब्ध गराएको हात्तीपाइले विरुद्धको औषधि खाँदा केही सर्वसाधारणहरु बिरामी परेका छन् ।
विभिन्न स्थानमा खटिएका स्वयम्सेवकहरुले दिएको औषधि खाँदा तत्काल स्वास्थ्यमा नकारात्मक लक्षणहरु देखिएपछि उनीहरु उपचारका लागि अस्पताल समेत पुगेका पाइएको छ । औषधि खुवाउने कार्यक्रम सुरु भएको दोस्रो दिन आइताबार अघिल्लो दिनको तुलनामा केन्द्रहरुमा औषधि खानेको चाप कम देखियो । सो औषधि खाएको केही समयपछिदेखि वान्ता हुने टाउको दुख्ने र खानेकुरा खान मन नलाग्ने जस्ता लक्षण देखिएपछि सर्वसाधारण औषधि खान डराएका छन् ।
तर स्वास्थ्यकर्मीहरुले भने यसलाई सामान्य असर मात्रै भनेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपस्रन वेदप्रसाद घिमिरेले सो किसीमका लक्षण देखिदैमा आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए । त्यसैगरी सुनसरीको विभिन्न गाविस र नगरपालिकामा गरी २२ जना हात्तीपाइले विरुद्धको औषधि खाएपछि बिरामी परेका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत खुवाइएको औषधिको प्रभावले २२ जना बिरामी परेका हुन् । 
उनीहरु जिल्ला अस्पताल इनरुवामा भर्ना भएको छन् । सो मध्ये ३ जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । इनरुवा २ का १३ वर्षीय सुरज शाह इनरुव्ााकै १८ बषीय निलम शर्मा र इनरुवा ३ का १६ बर्षीय 
रामनारायण मेहतालाई धरान रेफर गरिएको हो । 
उनीहरुको निःशुल्क उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । शाहका अनुसार औषधि खाएपछि सामान्य टाउको दुख्ने र उल्टी बाहेक कुनै किसीमको विशेष समस्या आएको छैन । हात्तीपाइलेको औषधी २ वर्ष उमेर नपुगेका गर्भवती र ७ दिनसम्मका सुत्केरीहरुले खान नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

0 प्रतिकृया:

Post a Comment