आफन्तद्वारा पिडीत युवा दूतावासको शरणमा

दुवई,२३माघ २०६८/ वैदेशिक रोजगारीका लागि दोहा आईपुगेका वराह-९ दैलेखका ३० विÈ्रय निराजन शाही आफन्तबाट नै ठगिएपछि नियोगको शरण्ँमा आएका छन् ।
आफन्त पर्ने गाउँले एजेन्ट जीवन शाहीलाई १ लाख रुपैंया बु´ाएर सेक्युरिटी गार्डको काममा महिनावारी खाना खाई १४ सय कतारी रियाल तलब पाउने आश्वासनमा उनी कतार आएका हुन् । नेपालबाट एजेन्ट जीवनले गार्डको काममा पठाए पनि यहाँ आएपछि भने कन्स्ट्रक्सन कम्पनीको लेवर काम रहेको थाहा पाएको उनले बताए । ुखानपिन गरेर यदि १४ सय तलब भएन भने तुरुन्त नेपाल फर्केर आउनु जति खर्च लागेको हो त्यो सबै फिर्ता गरिदिने छु एजेन्टले गरेको वाचा सम्´ँदै पिडीतले भने ।
उनीसँगै आएका अरु तीनजना नेपालीहरु भने भागेर अन्तै गइसकेका छन् भने उनी एकजना चाँही नियोगको शरण्ँमा आएका हुन् । पासर्पोट र ´ाेला पनि कम्पनीमा छोडेर ८ दिन अघिमात्र नियोगमा आएको उनले बताए । उनी १७ जनवरीका दिन कामका लागि दोहा आइपुगेका थिए । तीन दिन कम्पनीमा लेवरको काम गरेपछि छाडेर िहंडेको उनले बताए । ुहातभरी ठेला उठ्यो काम गर्न नसक्ने भयो । तोकिएको काम र तलव पनि भएन त्यसैले कम्पनी छोडेर नियोगमा आएको हुँु पिडीतले भने ुसोचेकै थिइन आफ्नै गाउँलेद्वारा यसरी फसाईन्छ भनेर । कत्रो विश्वास र भरोसाले १ लाख तिरेर आइयो तर यहाँ आएपछि मेरा त विजोग भयो ।ु १ लाख माथि पनि अ´ै थप कमाएर २० हजार तिर्नुपर्ने सर्त रहेको उनले बताए ।
ुमैले तुरुन्त एजेन्ट जीवनलाई फोन गरेर समस्या सुनाएको थिए त्यही कम्पनीले पछि भनेको काम उपलब्ध गराउँछ भनेको तर त्यस्ता नदेखेपछि कम्पनी छोडेर नियोगमा आएको हुँु उनले याचना गरे ुअब नेपाल फिर्ता जान चाहन्छु ।ु साथमा पैसा पनि नभएको र पासर्पोट पनि कम्पनीमा नै रहेकोले आफ्नो उद्दारका लागि सहयोग गर्न उनले दुतावासलाई आग्रह गरेका छन् । उनी वैदेशिक रोजगारका लागि दोहा आउनुभन्दा अघि मलेशियामा तीनवÈ्र एक प्लाष्टिक कम्पनीमा कार्यरत रहेको जानकारी पनि दिए । त्यति राम्रो कमाई नभएपछि नेपाल गएर खाडी तिर हान्निएको उनले बताए । 

0 प्रतिकृया:

Post a Comment