हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

हिलाम्मे सडक बनाउन स्थानीय अग्रसर

दमक । लगातारको बर्षातले ग्रामिण क्षेत्रका अधिकांश सडकहरु हिल्लाम्ये भएर आवत—जावतमा कठिनाई भएपछि आफ्नो सडकलाई व्यवस्थित गर्न स्थानियवासी अग्रसर भएका छन् । राजमार्गसंग जोडिएरपनि झापाको धरमपुर—८ को चर्चावारी सडक बर्षातको समयमा आवत—जावत गर्न कठिनाई भएपछि स्थानियहरु आफ्नो सडक व्यवस्थित गर्न अग्रसर भएका हुन् । धरमपुर चौकवाट पश्चिमतर्फ लक्ष्मिनारायण उच्च माध्यमिक बिद्यालय हुदै दक्षिण किरात चौकवाट चर्चावारी हुदै तोपगाछीस्थित क्याम्पासम्म जोड्ने सो सडकलाई व्यवस्थित गर्न समिति गठन गरेका छन् । स्थानिय उपभोत्ताहरुको भेलाले गठन गरेको समितिको अध्यक्ष नेत्र नेम्बाङ्ग, उपाध्यक्ष सुवास राई, सचिब भवानीप्रसाद नेपाल, कोषाध्यक्ष चन्द्रकला पराजुली छन् । त्यसैगरी सदस्यहरुमा बिराट किराती, पुष्पराज निरौला, रुद्र पोख्रेल, डम्बर कुमारी श्रेष्ठ, कष्ण बिष्ट, राजु मोते र जयकुमारी चेम्जोङ रहेका छन् । सो सडक भएर दैनिक बिभिन्न निजी बिद्यालयका बिद्यार्थी बोक्ने वस, सरसमान ढुवानी गर्नलाई आउने ठुला तथा साना मालवाहक ट्याक्टर, ट्रक लगायत अन्य सवारीसाधन आवत—जावत गर्न सहज बनाउने समितिका अध्यक्ष नेम्बाङ्गले जानकारी दिए । उनले सडकलाई स्तरन्नोतिका लागि सडक बिभाग, गाविस, जिविस र उपभोत्ता मार्फत रुपैया संकलन गरिने बताए । 

दुर्घटनामा २ को मृत्यु

मोरङ । मोरङमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा दुइजनाको मृत्यु भएको छ । रंगेली विराटनगर सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आइरहेको को२०प ५५२१ नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १६ का २३ वर्षीय देवराज सहनी र पछाडि बसेका सोही ठाउँका २० वर्षीय ढके कामत रहेको डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर जादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सञ्चार र विकासलाई एकैसाथ अघि बढाउन जोड

सुरुङ्गा । सूचना, सञ्चार र विकास एकै साथ अगाडि बढाउँदै कनकाई नगर क्षेत्रलाई नमुनाको रुपमा विकसित गराउन यस क्षेत्रका सञ्चारकर्मी र नागरिक अगुवाहरु एक मत भएका छन् । शनिबार सुरुङ्गा प्रेस क्लबको आयोजनामा भएको ‘स्थानीय निकायको विकासका निम्ति सञ्चारको भूमिका’ विषयक गोष्ठीमा सहभागीहरुले यस्तो विचार राखेका हुन् । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सुरुङ्गा जेसीजको सभाहलमा भएको गोष्ठीबाट ८ बुँदे सुरुङ्गा घोषणा पत्र जारी गरिएको छ । गोष्ठीका लागि तय गरिएको विषयमाथि जिल्लाका अग्रज पत्रकार मदन ढकाल र पत्रकार गोपाल काफ्लेले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको कार्य पत्रमाथि पत्रकार राजु अधिकारी, साहित्यकार कोमलप्रसाद पोखरेल र नारी सञ्चार गृहकी जिल्ला अध्यक्ष सावित्रा दाहालले टिप्पणी गरेपछि निष्कर्षका रुपमा सुरुङ्गा घोषणा पत्र जारी गरिएको हो । घोषणा पत्रमा कनकाई नगरपालिका तथा नगर क्षेत्रका हरेक गतिविधिलाई पारदर्शी बनाउनका लागि पत्रकारहरु आफ्नो उत्तरदायित्व प्रति जवाफदेही रहने उल्लेख गरिएको छ । त्यस्तै विकास निर्माण लगायतका अन्य गतिविधि, सांस्कृतिक,प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारको यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र पत्रकार बीच कार्यगत एकता कायम गरी संस्थागत रुपमा अगाडी बढ्ने उल्लेख छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा झापाका अध्यक्ष भीम नेम्बाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजप्रसाद आचार्यको विशिष्ट आतिथ्य रहेको थियो । 
कार्यक्रममा यस क्षेत्रका अग्रज व्यक्तित्वहरु, राजनीतिकर्मी हिरा थापा, कोमलप्रसाद पन्त, नेत्र चिमरिया, लक्ष्मीप्रसाद गुरुङ, संघसंस्थाको प्रतिनिधिहरु भीमप्रसाद अधिकारी, प्रभाखर कडरिया, बालकृष्ण मैनाली, हिम्मत नेम्बाङ, जनार्दन उप्रेती, केदारप्रसाद गिरी, टंकप्रसाद कार्की, झलक सिटौला, सीता बस्नेत, आइपी भट्टराई, देवीप्रसाद खरेल, यामनाथ सेढाईं, लीलाप्रसाद चिमरिया, लीलाप्रसाद भेटवाल, यदुनाथ अधिकारी, राजकुमार कट्टेल लगायतले स्थानीय निकायको विकासमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने जनाए । 

चेलीबेटी बेचबिखन बढ्दो

बिर्तामोड । पूर्वी नाका काँकडभिट्टा हुँदै चेलीबेटी बेचबिखन हुने क्रम बढेको देखिएको छ । प्रगति महिला समिति बिर्तामोडले शनिबार आयोजना गरेको चेलीबेटी बेचबिखन सम्बन्धि सचेतना मूलक कार्यक्रममा माइती नेपालका पूर्वाञ्चल संयोजक गोबिन्द घिमिरेले भारत हुँदै तेस्रो मुलुकसम्म चेलीबेटी बेचबिखन हुने क्रम बढेको बताए । उनले अघिल्लो आर्थिक बर्षमा ३१ जनाको उद्धार गरिएकोमा यस बर्ष ३६ जनाको उद्धार गरिसकिएको बताए । अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पवित्रा निरौला, नेपाल उत्पीडित  जातीय मुक्ति समाज झापाकी सचिव हर्कमाया विश्वकर्मा, नेकपा एमाले विर्तामोडका अध्यक्ष ज्ञानु प्रसाइले मानव बेचबिखनलाई कडा कानुन बनाएर निर्मलीकरण गरिनुपर्ने बताए । चेलीबेटी बेचबिखनमा नेपालको अवस्था  र नियन्त्रणको प्रयासका बिषयमा माइती नेपाल  इलाम संयोजक  होम ढकाल र  डा. प्रल्हाद सापकोटाले सहजीकरण गरेका थिए  ।

ताप्लेजुङ्गमा भिषण पहिरो

– ४७ को मृत्यु   – दुई दर्जन वेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर ४७ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुुई दर्जनबढी वेपत्ता भएका छन् । बेपत्ता भएका अधिकांशको पनि मृत्यु भएको हुुनसक्ने अनुुमान गरिएको छ । ताप्लेजुङमा अविरल वर्षासँग विभिन्न ठाउँमा गएको पहिरोले पुरिएर ४७ जना बढीको ज्यान गएको छ । दर्जनौं वेपत्ता बनेका छन् । 
बुधबार साँझदेखिको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर हालसम्म सबैभन्दा बढी मानवीय क्षति लिबाङ गाविसमा भएको छ । स्थानीय शिक्षक मातृका शेर्पाका अनुसार लिबाङको वडा नं. १, २ र ३ मा पहिरोले पुरिएर २१ जनाको मृत्यु भएको र उनीहरु सबैको शव निकालिएको छ । उनले वडा नं. १ र ३ मा पहिरोमा पुरिएका १८ जना तथा वडा नं. ३ मा ३ जनाको शव पहिरोबाट झिकिएको जानकारी गराए ।  यस्तै, थिङ्लाबुको वडा नं. ६ मा पाँच जनाको मृत्यु भएको छ । सान्थाक्रा गाविसमा १२ र खोक्लिङमा ३ जनाको मृत्यु भएको छ । खोक्लिङ ७ का राजकुमार मादेनको घर पहिरोले बगाउँदा मादेनका छोरा ११ वर्षीय सविन मादेन सोही घरमा आएर बसेका छिमेकीका छोरा १० वर्षीय वसन्त विश्वकर्माको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उता लिङ्तेप गाविसमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिङ्तेप ७ का भीमबहादुर केदेम, आइतहादुर लिम्बूकी छोरी चमेली र वडा नं. ३ का सञ्जबहादुरकी श्रीमती मनमाया लिम्बू रहेका छन् । मृतकहरु सबै पहिरोले घर बगाउँदा पुरिएर र भाग्ने क्रममा पहिरोमा परी मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् । 
 ज्यान गुमाउनेको नाम 
पहिरोमा परी ज्यान गुमाउनेमध्ये २१ जनाको शव भेटिएको छ । मृतकहरुमा खोक्लिङ ७ का १३ वर्षीय सबिन मादेन, खोक्लिङ ५ का १८ वर्षीया मनकुमारी लामघाते, सोही स्थानका १२ वर्षीय बसन्त रसाईली, लिङतेप ३ की ३१ वर्षीया मनमाया लिम्बु र लिङ्तेप ७ का ४२ वर्षीय भिमबहादुर केदेम लिम्बु रहेका छन् । त्यसैगरी सोही स्थान कि ३ वर्षीया चमेली केदेम लिम्बू, लिङतेप ५ का उमेर नखुलेका सन्तमान लिम्बू, लिवाङ ३ का उमेर नखुलेका भक्तजन लिम्बू, लिवाङ(३ की उमेर नखुलेकी मनमाया लिम्बू, लिवाङ(३ की उमेर नखुलेकी पञ्चमाया लिम्बू र लिवाङ(३ का उमेर नखुलेका शैलेन्द्र लिम्बू रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार लिवाङ ३ की उमेर नखुलेकी चितमाया लिम्बू, लिवाङ ३ बस्ने लक्ष्मीमाया लिम्बू, सान्थाक्रा ३ का ७२ वर्षीय अमरध्वज लिम्बू, सोही स्थान बस्ने १० वर्षीय बिरुन चोङवाङ रहेका छन् । त्यसैगरी थुकिम्बा ४ का १० वर्षीय बिरु लिम्बू, सान्थाक्रा ३ का ७५ वर्षीय फेर्नेमा कान्छा, थिङलाबु ६ की उमेर नखुलेकी मनकुमारी लिम्बू, सोही स्थान बस्ने ७५ वर्षीय रिन्जी शेर्पा, २७ वर्षीया रनु लिम्बु र ७ वर्षीया सिता लिम्बु रहेका छन् । 
पहिरोमा परी घाइते भएकाहरु
पहिरोमा परेर खोक्लिङ ७ बस्ने ९ वर्षीय पुजन आङसाङ्बो, सोही स्थान बस्ने २२ वर्षीय बलबहादुर कामी, लिङतेप ७ बस्ने ४२ वर्षीया टंकमाया लिम्बू, लिबाङ ५ बस्ने ३० वर्षीय मदन लिम्बू र सोही गाविस ३ बस्ने १९ वर्षीय रोहित लिम्बू रहेका छन् । त्यसैगरी लिवाङ १ बस्ने ३० वर्षीया सुकमाया थाम्सोहाङ, सोही गाविस ५ बस्ने ६५ वर्षीय रुद्र लिम्बू, र वडा १ बस्ने ८ वर्षीय अर्जुन लिम्बू गम्भीर घाइते भएका छन् ।  घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।

आकाशे पुलको ठेक्का लाग्दै

दमक । दमकको गणतन्त्र चोक पूर्व र पश्चिममा निर्माण हुने आकाशे पुलको ठेक्का सम्झौता साता दिन भित्र हुने भएको छ ।
 काठमाण्डौपछि दमकमा निर्माण हुन लागेको आकाशे पुलको निर्माणका लागि ठेक्का प्रकृयाका अरु काम सकिएकाले साता दिन भित्र सम्झौता हुने भएको हो । प्रविण र कन्काई जेभी दमकले  २ करोड २८ लाखमा ठेक्का लिएको  दमक नगरपालिकाका इन्जीनियर तिर्थ श्रेष्ठले बताए । २५ मिटर लम्वाई र अढाइ मिटर चौडाईको आकाशे पुल आउँदो साउन १ गतेबाट  निर्माण हुने भएको छ ।  काठमाण्डौ पछिको दोस्रो आकाशे पुल दमकमा  निर्माण हुने भएपछि दमकबासी उत्साहित बनेका छन् । यो पुलको पिलरहरु आरसीसी गरिने र फलामका सामाग्रीबाट  आधुनिक  मोडलको आकाशे पुल बन्ने इञ्जिनियर श्रेष्ठले बताए । 
आकाशे पुल निर्माणले सडक आगमनमा सहज हुने र दुर्घटनामा कमी आउने  दमक १४ का टिकाराम बयलकोटीले बताए । पुल निर्माणका लागि  दमक नगर पालिका, संसद बिकास कोष र  एनसेल मोवाइल कम्पनीले लगानी गर्ने भएको  छ । सडक पार गर्न सजिलो हुने र सवारी दुर्घटनामा कमी आउने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । निर्माण एक वर्ष भित्र सकिने बताइएको छ ।

टाउकोमा पानी जमेर शिशुको विजोग

झापा । टाउकोमा पानी जमेका झापा भद्रपुर १० का एक ११ महिने शीशुको खर्चको अभावमा उपचार हुन नसक्दा उनको विजोक भएको छ ।
 प्रकाश र रञ्चिता टुडुको ११ महिनाको छोरा प्रतिश टुडुको उपचार खर्चमा सहयोग पुर्याइदिन उनीहरुले सबै समक्ष आग्रह गरेका छन् । टाउमा पानी जमेर टाउको फुल्दै गइरहेको र त्यसबाट आँखाको ज्योति पनि गुमिसकेकाले शिशुको अवस्था गम्भिर रहेको चिकित्सकले बताएका छन् । 
उनका पिता प्रकाशका अनुसार २०७१ असार ९ गते विराटनगरको नोवेल अस्पतालमा सुस्त अवस्थामा जन्मेको छोराको केही महिना नबित्दै यस्तो प्रकारको रोग देखापरेको हो । त्यसअवस्थापछि छोरालाई बचाउन स्थानीय अस्पतालदेखि भारतको बैङ्गलोरसम्म उपचार 
गराएपनि उपचार सम्भव नभएपछि आफू निराश भएको प्रकाशले बताए । 
प्रकाशले छोराको सहयोगका लागि अपिल गरेपछि भद्रपुरका युवा तथा उद्योगी, व्यापारीहरुले उनको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।      
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले शिशुमा हाइड्रो केबोलित रोग भएको र उनलाई उपचार गरी बचाउन सक्ने बताएपछि भद्रपुरमा भेला भएका उनीहरुले शिशुलाई बचाउने अभियानसँगै समन्वय समिति समेत गठन गरेका छन् । सागर कार्कीको संयोजकत्वमा गठित समन्वय समितिका सदस्यहरुमा दीपक अधिकारी, विगत ओझा, राजन भटटराई, सन्तोष राजवंशी रहेका छन् । 
यता भेलामा भद्रपुरका व्यवसायी सञ्जिव घोष र सुमित श्रेष्ठले ३०÷३० हजार, राजन भटटराईले ५ हजार र दिपेश पोखरेल, सागर कार्कीले उपचार खर्चमा ३० प्रतिशत छुट गराइदिने प्रतिबद्धता जाहेर गरेका छन् । त्यसैगरी, दिपेश ढकालले शिशुको उपचार पछि हुने खर्च बापत २१ हजार र विनोद बस्नेतले १५ देखि २० हजारको औषिधको खर्च दिने घोषण पनि गरेका छन् ।

अस्पतालमा सिरिञ्जमा लापरबाही

मोरङ । सामान्य जीवनजल समेत नपाएर जीवन मरणको दोसाँधमा सर्वसाधारण पुग्ने गरेको भएपनि कोशी अञ्चल अस्पतालमा भने सात महिनादेखि दाताले दिएको औषधि प्रयोगबिहीन भएर थन्किएको छ । 
सरकारले निःशुल्क रुपमा उपलव्ध गराएको सिरिञ्ज कोशी अञ्चल अस्पतालको लापार्वाहीका कारण प्रयोगबिहीन बनेको छ । सेवाग्राहीलाई निःशुल्क रुपमा वितरण गर्न अस्पताललाई प्राप्त लाखौं रुपैंयाँको सिरिञ्ज त्यत्तिकै खेर गएको हो । अस्पतालले विरामीलाई समेत प्रयोगका लागि नदिँदा प्रयोग गर्ने मिति रहेका  सिरिञ्ज अस्पतालको ओपीडी शाखामा थन्किन पुगेको छ । अव्यवस्थित रुपमा राखिएका सिरिञ्ज अस्पताललाई सात महिना अघि प्राप्त भएको हो । बिरामीलाई निःशुल्क प्रदानका लागि आएका सिरिञ्ज बिरामीले नपाएपछि बिरामीले भने बाहिरका औषधि पसलबाट सिरिञ्ज खरिद गरेर चलाउनु पर्ने बाध्यता छ । अस्पतालमा दैनिक ६ सयको हारहारीमा  बिरामी आउने गरेका छन् ।  तरपनि अस्पतालले सो शिरिञ्ज प्रयोगमा नलाई अन्यन्त्रबाट किन्न लगाउने गरेको छ ।

सिद्धि नहर सिंचाई आयोजना सञ्चालनमा

भद्रपुुर । झापाको बाहुण्डाँगीलाई सिञ्चित गर्ने गरी निर्माण सुरु गरिएको बहुप्रतिक्षित सिचाइ आयोजनामा सिद्धि नहर सिचाइ आयोजना संञ्चालनमा आएको छ । इलामको दक्षिण पूर्वी गाविस जिर्मर्ले स्थित सिद्धिखोलाबाट पानीको मुहान रहेको सो नहर निर्माण सुरु भएको ९ वर्षपछि संञ्चालनमा आएको हो ।  वाहुण्डागी गाविसका अधिकांस वडा सिञ्चित गर्ने सिद्धि नहर सञ्चालनमा आएपछि कृषक हर्षित बनेका छन् । ५ वर्षमा निर्माण सम्पन्न हुने गरी २०६२ सालबाट निर्माण काम सुरु गरिएको भए तापनि भौगोलिक विकटताका कारण निर्माण समय लम्बिएको थियो । नेपाल सरकारको साना तथा मझौला सिञ्चाइ आयोजना अन्र्तगत निार्माण भएको योजनाले बाहुण्डागीको २६ सय हेक्टर जमिन सिञ्चित गर्ने उदेश्यले लिइएको छ । इलाम जिल्लाको जिर्मले गााबिसमा बाट झापाको बाहुण्डागी सम्म २२ किलोमिटर मुल र ५६ किलोमिटर शाखा रहेको नहरको निर्माण शुरु हुँदा विनियोजन भएको २५ करोड २१ लाख वजेटले सम्पन्न भएको कतिपय स्थानमा भू–स्खलनका कारण क्षती भएपछि निर्माण समय लम्बिएको पूर्वाञ्चल सिचाई डिभिजन न. १ झापाका प्रमुख– कुञ्जनभक्त श्रेष्ठले बताए । २५ करोड २१ लाख ४२ हजार ९ सय ६६ रुपैयाँ लागतमा बनाएको ५० प्रतिशत संरचना पहिरोले बगाएपछि पुन थप गरिएको २३ करोड ५४ लाख २० हजार रुपैया थप गरी जम्मा ४८ करोड ७५ लाख ६३ हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । 
वाहुण्डाँगीको वडा नम्बर ५ को केही भाग वाहेक सबै क्षेत्रमा पानी संञ्चालन भएको पूर्वाञ्चल सिचाइ विकास डिभिजन नम्बर १ झापाले जानकारी दिएको छ । नेपाल र भारतको सिमानामा रहेको सिद्धिखोलाबाट सिधै मेचीमा बगेर खेर जाने पानीलाई नहरको माध्यमबाट बाहुण्डागी ल्याईएको कामलाई सिञ्चित क्षेत्रका किसानले सकरात्मक रुपमा लिएका छन् । विकट क्षेत्रमा नहरको मुहान भएकाले स्थानीय कृषकले मात्रै रेखदेख गर्न नसक्ने अवस्था रहेको छ । जंगली हात्तीको आतंकले पीँडित बनेका वाहुण्डागीका अधिकांस कृषकहरुले नहरमा पानी आएपछि तरकारी र अन्य खालका हात्तीबाट बचाउन सकिने किसिमको खेती गर्ने बाटो खुलेको छ  ।

सिद्धि नहर सिंचाई आयोजना सञ्चालनमा

भद्रपुुर । झापाको बाहुण्डाँगीलाई सिञ्चित गर्ने गरी निर्माण सुरु गरिएको बहुप्रतिक्षित सिचाइ आयोजनामा सिद्धि नहर सिचाइ आयोजना संञ्चालनमा आएको छ । इलामको दक्षिण पूर्वी गाविस जिर्मर्ले स्थित सिद्धिखोलाबाट पानीको मुहान रहेको सो नहर निर्माण सुरु भएको ९ वर्षपछि संञ्चालनमा आएको हो ।  वाहुण्डागी गाविसका अधिकांस वडा सिञ्चित गर्ने सिद्धि नहर सञ्चालनमा आएपछि कृषक हर्षित बनेका छन् । ५ वर्षमा निर्माण सम्पन्न हुने गरी २०६२ सालबाट निर्माण काम सुरु गरिएको भए तापनि भौगोलिक विकटताका कारण निर्माण समय लम्बिएको थियो । नेपाल सरकारको साना तथा मझौला सिञ्चाइ आयोजना अन्र्तगत निार्माण भएको योजनाले बाहुण्डागीको २६ सय हेक्टर जमिन सिञ्चित गर्ने उदेश्यले लिइएको छ । इलाम जिल्लाको जिर्मले गााबिसमा बाट झापाको बाहुण्डागी सम्म २२ किलोमिटर मुल र ५६ किलोमिटर शाखा रहेको नहरको निर्माण शुरु हुँदा विनियोजन भएको २५ करोड २१ लाख वजेटले सम्पन्न भएको कतिपय स्थानमा भू–स्खलनका कारण क्षती भएपछि निर्माण समय लम्बिएको पूर्वाञ्चल सिचाई डिभिजन न. १ झापाका प्रमुख– कुञ्जनभक्त श्रेष्ठले बताए । २५ करोड २१ लाख ४२ हजार ९ सय ६६ रुपैयाँ लागतमा बनाएको ५० प्रतिशत संरचना पहिरोले बगाएपछि पुन थप गरिएको २३ करोड ५४ लाख २० हजार रुपैया थप गरी जम्मा ४८ करोड ७५ लाख ६३ हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । 
वाहुण्डाँगीको वडा नम्बर ५ को केही भाग वाहेक सबै क्षेत्रमा पानी संञ्चालन भएको पूर्वाञ्चल सिचाइ विकास डिभिजन नम्बर १ झापाले जानकारी दिएको छ । नेपाल र भारतको सिमानामा रहेको सिद्धिखोलाबाट सिधै मेचीमा बगेर खेर जाने पानीलाई नहरको माध्यमबाट बाहुण्डागी ल्याईएको कामलाई सिञ्चित क्षेत्रका किसानले सकरात्मक रुपमा लिएका छन् । विकट क्षेत्रमा नहरको मुहान भएकाले स्थानीय कृषकले मात्रै रेखदेख गर्न नसक्ने अवस्था रहेको छ । जंगली हात्तीको आतंकले पीँडित बनेका वाहुण्डागीका अधिकांस कृषकहरुले नहरमा पानी आएपछि तरकारी र अन्य खालका हात्तीबाट बचाउन सकिने किसिमको खेती गर्ने बाटो खुलेको छ  ।