– ४७ को मृत्यु – दुई दर्जन वेपत्ता
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर ४७ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुुई दर्जनबढी वेपत्ता भएका छन् । बेपत्ता भएका अधिकांशको पनि मृत्यु भएको हुुनसक्ने अनुुमान गरिएको छ । ताप्लेजुङमा अविरल वर्षासँग विभिन्न ठाउँमा गएको पहिरोले पुरिएर ४७ जना बढीको ज्यान गएको छ । दर्जनौं वेपत्ता बनेका छन् ।
बुधबार साँझदेखिको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर हालसम्म सबैभन्दा बढी मानवीय क्षति लिबाङ गाविसमा भएको छ । स्थानीय शिक्षक मातृका शेर्पाका अनुसार लिबाङको वडा नं. १, २ र ३ मा पहिरोले पुरिएर २१ जनाको मृत्यु भएको र उनीहरु सबैको शव निकालिएको छ । उनले वडा नं. १ र ३ मा पहिरोमा पुरिएका १८ जना तथा वडा नं. ३ मा ३ जनाको शव पहिरोबाट झिकिएको जानकारी गराए । यस्तै, थिङ्लाबुको वडा नं. ६ मा पाँच जनाको मृत्यु भएको छ । सान्थाक्रा गाविसमा १२ र खोक्लिङमा ३ जनाको मृत्यु भएको छ । खोक्लिङ ७ का राजकुमार मादेनको घर पहिरोले बगाउँदा मादेनका छोरा ११ वर्षीय सविन मादेन सोही घरमा आएर बसेका छिमेकीका छोरा १० वर्षीय वसन्त विश्वकर्माको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उता लिङ्तेप गाविसमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिङ्तेप ७ का भीमबहादुर केदेम, आइतहादुर लिम्बूकी छोरी चमेली र वडा नं. ३ का सञ्जबहादुरकी श्रीमती मनमाया लिम्बू रहेका छन् । मृतकहरु सबै पहिरोले घर बगाउँदा पुरिएर र भाग्ने क्रममा पहिरोमा परी मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
ज्यान गुमाउनेको नाम
पहिरोमा परी ज्यान गुमाउनेमध्ये २१ जनाको शव भेटिएको छ । मृतकहरुमा खोक्लिङ ७ का १३ वर्षीय सबिन मादेन, खोक्लिङ ५ का १८ वर्षीया मनकुमारी लामघाते, सोही स्थानका १२ वर्षीय बसन्त रसाईली, लिङतेप ३ की ३१ वर्षीया मनमाया लिम्बु र लिङ्तेप ७ का ४२ वर्षीय भिमबहादुर केदेम लिम्बु रहेका छन् । त्यसैगरी सोही स्थान कि ३ वर्षीया चमेली केदेम लिम्बू, लिङतेप ५ का उमेर नखुलेका सन्तमान लिम्बू, लिवाङ ३ का उमेर नखुलेका भक्तजन लिम्बू, लिवाङ(३ की उमेर नखुलेकी मनमाया लिम्बू, लिवाङ(३ की उमेर नखुलेकी पञ्चमाया लिम्बू र लिवाङ(३ का उमेर नखुलेका शैलेन्द्र लिम्बू रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार लिवाङ ३ की उमेर नखुलेकी चितमाया लिम्बू, लिवाङ ३ बस्ने लक्ष्मीमाया लिम्बू, सान्थाक्रा ३ का ७२ वर्षीय अमरध्वज लिम्बू, सोही स्थान बस्ने १० वर्षीय बिरुन चोङवाङ रहेका छन् । त्यसैगरी थुकिम्बा ४ का १० वर्षीय बिरु लिम्बू, सान्थाक्रा ३ का ७५ वर्षीय फेर्नेमा कान्छा, थिङलाबु ६ की उमेर नखुलेकी मनकुमारी लिम्बू, सोही स्थान बस्ने ७५ वर्षीय रिन्जी शेर्पा, २७ वर्षीया रनु लिम्बु र ७ वर्षीया सिता लिम्बु रहेका छन् ।
पहिरोमा परी घाइते भएकाहरु
पहिरोमा परेर खोक्लिङ ७ बस्ने ९ वर्षीय पुजन आङसाङ्बो, सोही स्थान बस्ने २२ वर्षीय बलबहादुर कामी, लिङतेप ७ बस्ने ४२ वर्षीया टंकमाया लिम्बू, लिबाङ ५ बस्ने ३० वर्षीय मदन लिम्बू र सोही गाविस ३ बस्ने १९ वर्षीय रोहित लिम्बू रहेका छन् । त्यसैगरी लिवाङ १ बस्ने ३० वर्षीया सुकमाया थाम्सोहाङ, सोही गाविस ५ बस्ने ६५ वर्षीय रुद्र लिम्बू, र वडा १ बस्ने ८ वर्षीय अर्जुन लिम्बू गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।
0 प्रतिकृया:
Post a Comment