अस्पतालमा सिरिञ्जमा लापरबाही

मोरङ । सामान्य जीवनजल समेत नपाएर जीवन मरणको दोसाँधमा सर्वसाधारण पुग्ने गरेको भएपनि कोशी अञ्चल अस्पतालमा भने सात महिनादेखि दाताले दिएको औषधि प्रयोगबिहीन भएर थन्किएको छ । 
सरकारले निःशुल्क रुपमा उपलव्ध गराएको सिरिञ्ज कोशी अञ्चल अस्पतालको लापार्वाहीका कारण प्रयोगबिहीन बनेको छ । सेवाग्राहीलाई निःशुल्क रुपमा वितरण गर्न अस्पताललाई प्राप्त लाखौं रुपैंयाँको सिरिञ्ज त्यत्तिकै खेर गएको हो । अस्पतालले विरामीलाई समेत प्रयोगका लागि नदिँदा प्रयोग गर्ने मिति रहेका  सिरिञ्ज अस्पतालको ओपीडी शाखामा थन्किन पुगेको छ । अव्यवस्थित रुपमा राखिएका सिरिञ्ज अस्पताललाई सात महिना अघि प्राप्त भएको हो । बिरामीलाई निःशुल्क प्रदानका लागि आएका सिरिञ्ज बिरामीले नपाएपछि बिरामीले भने बाहिरका औषधि पसलबाट सिरिञ्ज खरिद गरेर चलाउनु पर्ने बाध्यता छ । अस्पतालमा दैनिक ६ सयको हारहारीमा  बिरामी आउने गरेका छन् ।  तरपनि अस्पतालले सो शिरिञ्ज प्रयोगमा नलाई अन्यन्त्रबाट किन्न लगाउने गरेको छ ।

0 प्रतिकृया:

Post a Comment