टाउकोमा पानी जमेर शिशुको विजोग

झापा । टाउकोमा पानी जमेका झापा भद्रपुर १० का एक ११ महिने शीशुको खर्चको अभावमा उपचार हुन नसक्दा उनको विजोक भएको छ ।
 प्रकाश र रञ्चिता टुडुको ११ महिनाको छोरा प्रतिश टुडुको उपचार खर्चमा सहयोग पुर्याइदिन उनीहरुले सबै समक्ष आग्रह गरेका छन् । टाउमा पानी जमेर टाउको फुल्दै गइरहेको र त्यसबाट आँखाको ज्योति पनि गुमिसकेकाले शिशुको अवस्था गम्भिर रहेको चिकित्सकले बताएका छन् । 
उनका पिता प्रकाशका अनुसार २०७१ असार ९ गते विराटनगरको नोवेल अस्पतालमा सुस्त अवस्थामा जन्मेको छोराको केही महिना नबित्दै यस्तो प्रकारको रोग देखापरेको हो । त्यसअवस्थापछि छोरालाई बचाउन स्थानीय अस्पतालदेखि भारतको बैङ्गलोरसम्म उपचार 
गराएपनि उपचार सम्भव नभएपछि आफू निराश भएको प्रकाशले बताए । 
प्रकाशले छोराको सहयोगका लागि अपिल गरेपछि भद्रपुरका युवा तथा उद्योगी, व्यापारीहरुले उनको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।      
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले शिशुमा हाइड्रो केबोलित रोग भएको र उनलाई उपचार गरी बचाउन सक्ने बताएपछि भद्रपुरमा भेला भएका उनीहरुले शिशुलाई बचाउने अभियानसँगै समन्वय समिति समेत गठन गरेका छन् । सागर कार्कीको संयोजकत्वमा गठित समन्वय समितिका सदस्यहरुमा दीपक अधिकारी, विगत ओझा, राजन भटटराई, सन्तोष राजवंशी रहेका छन् । 
यता भेलामा भद्रपुरका व्यवसायी सञ्जिव घोष र सुमित श्रेष्ठले ३०÷३० हजार, राजन भटटराईले ५ हजार र दिपेश पोखरेल, सागर कार्कीले उपचार खर्चमा ३० प्रतिशत छुट गराइदिने प्रतिबद्धता जाहेर गरेका छन् । त्यसैगरी, दिपेश ढकालले शिशुको उपचार पछि हुने खर्च बापत २१ हजार र विनोद बस्नेतले १५ देखि २० हजारको औषिधको खर्च दिने घोषण पनि गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment