हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

आर्थिक अभावमा ट्यूमरको समस्या

कुमारी निरौला
उर्लाबारी । पाँचथरको मौवा ५ की युवती आफ्नो भर्भराउँदो उमेरमा अनुहारमा पलाएको ट्यूमरबाट पीडित छिन् । टाउको, गाला र घाँटीमा फैलिएको ट्यूमरको आर्थिक समस्याका कारण अपरेशन गर्न नसकेपछि  २६ वर्षिया कुमारी निरौलाले सहयोगको याचना गरेकी छिन् ।
हाल मोरङको मधुमल्ला– ४ स्थित मामाघरमा आश्रय लिई बसेकी निरौलाको आर्थिक अवस्था ज्यादै नाजुक भएका कारण अपरेशनको लागि सहयोगी हातहरु फैलाउनु परेको उनका मामा जंगबहादुर खत्रीले बताए ।
सानैदेखिको गालाको कालो दागले साथीहरुले जिस्क्याएर विद्यालय जान समेत अप्ठेरो पर्यो र पढ्न पाइनन् । उनी सानै हुँदा बुबाको निधन भएको र आमाले उनलाई खासै वास्ता नगरेपछि मामलमा बस्दै आइन् । ‘सानैमा सानो कालो दाग थियो, अहिले बढेर यत्रो भइसक्यो ।’ –उनले भाबुक हुँदै भनिन् ‘अपरेशन गर्ने  पैसा छैन ।’  पारिवारिक अवस्था ज्यादै कमजोर भएका कारण अपरेशन गर्न नसक्दा १४ वर्षको उमेरदेखि टाउको, गाला र घाँटीमा ट्यूमरको कुरुपपन बोकेर हिँड्नु परेको विवशता उनले सुनाइन् ।  डाक्टरले एक पटक अपरेशन गर्दा ३ लाख लाग्ने र तीन पटकसम्म अपरेशन गरेपछि प्लास्टिक सर्जरी गर्नुपर्ने सुभाव दिएको सुनाइन् । उनले गहभरी आँशु पार्दै भनिन्– ‘सबैले सहयोग गर्नुभयो भने मैले पुनर्जन्म पाउँन सक्थें । ’ उनले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेकी छिन् । ऋण काडेर  धुलिखेल, बनेपा, टिचिङ र  ग्लोबल हस्पिटलमा उपचारको लागि लगिएको थियो । टिचिङ हस्पिटलका डा. इश्वर लोहनीले पैसा भए उपचार गर्न सक्ने तीन पटक अप्रेशन गर्दा नौ लाख लाग्ने बताएको उनका मामा जंगबहादुरले बताए । ‘भाञ्जीको उमेरसँगै ट्यूमर बढेपछि चिन्ता बढेको छ, अपरेशनको लागि लाग्ने यत्रो रकम आफुहरुसँग नभएका कारण सहयोगको अपिल गरेको हो ।’–उनले पत्रकारहरुसँग भने । सहयोगी दाताहरुले पीडित कुमारी निरौलाको  नाममा हिमालय बैंकमा रहेको  ०४३०५५८१२२००१४ नम्बरमा रकम जम्मा गर्न सकिने पनि उनले जनाए  ।

प्रहरीद्वारा होटलमा छापा

दमक । यौन गतिबिधी गरेको भन्दै प्रहरीले झापाका दुई मुख्य शहरका होटलहरुमा बुधबार छापा मारेको छ । प्रहरीले दमक र बिर्तामोडका होटलहरुमा छापा मारेर केही जोडीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अनैतिक गतिबिधी भइरहेको भन्दै दमकका केही होटलहरुमा छापा मारेर ७ वटा होटलमा छापा मारेर ७ जोडीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी इश्वर कार्कीले जानकारी दिए । होटलहरुमा गैर कानुनी रुपमा यौन क्रियाकलाप भएको सुराकीको आधारमा ती होटलहरुमा छापा मारेको प्रहरीको भनाई छ । राजमार्ग क्षेत्रका ७ वटा होटलमा छापा मार्दा गैरकानुनी रुपमा शारिरीक सम्पर्कमा रहेका जोडीहरु पक्राउ परेको प्रहरीको दावी छ । पक्राउ पर्नेमा केही दमकका र केही छिमेकी गाउँका बासिन्दा भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सोधपुछपछि अभिभावकको जिम्मा लगाएको  डिएसपी कार्कीले बताए । होटलमा छापा मार्ने अभियान अब केही दिन जारी रहने प्रहरीले जनाएको छ । प्रहरीले पुर्ब स्टेण्डका ढावा, पुर्बेली, गोर्खा, दमक चोकको
सिर्जना लगायतका होटलमा छापा मारेको हो । डिएसपी कार्की दमक आएपछि प्रहरीले पहिलोपटक दमकका होटलहरुमा बेश्याबृद्धि भइरहको आशंकामा छापा मारेको हो । तर प्रहरीले बुधबार छापा मार्दा दमकमा वेश्याबृद्धि गर्र्ने मुख्य होटलहरुलाई भने केही नगरेको पाइएको छ । आफ्नो नाम सार्बजनिक नगर्ने शर्तमा होटल ब्यावसायी संघका एक पदाधिकारीले भने: खुलेआम बेश्याबृद्धि गर्ने होटललाई केही गरेको देखिएन, यसमा बार्गेनिङ गरेको हुनसक्छ । पछिल्ला दिनहरुमा यहाँका केही होटलहरुमा यौनजन्य गतिबिधी बढ्दै गएपनि प्रहरीले खासै चासो दिएको थिएन । तर बुधबार अचानक प्रहरीले छापा मारेपछि यौनधन्धा चलाउनेहरु आतंकित भएको बताइएको छ । बिदेशमा युवा युवती होटलमा बसेर शारीरिक सम्पर्क गर्नु कुनै इस्यु नभएपनि नेपाल जस्तो मुलुकमा सामाजिक बिकृति फैलिन नदिन छापा मारेको कार्कीले बताए ।

बन्धक बनाउने पक्राउ

सुनसरीको इटहरी र झापाको सुरुङ्गाका दुई युवतीलाई बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले बिर्तामोडबाट बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेची टप होटलका सञ्चालक जितेन उपनामले चिनिने डिजाइन राजवंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । राजवंशीले इटहरी निवासी २२ वर्षीया राई थरकी एक युवती र सुरुङ्गा निवासी २३ वर्षीया जोगी थरकी अर्की युवतीलाई लामो समयदेखि बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजवंशीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको र पीडित युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

फेसबुक(Facebook)का रोचक तथ्यहरु

Mark Zuckerberg

फेसबुकका को–फाउण्डर मार्क जुकरवर्गको १४ मे मा ३१ औँ जन्मदिनसँगै फेसबुकले पनि आफ्नो ११ औँ वर्ष पार गरेको छ । पछिल्लो एक दशकमा फेसबुकले इन्टरनेटको दुनियाँमा आफ्नो नाम अग्रस्थानमा राखिसकेको छ । यसैको अवसरमा फेसबुकसँग जोडिएका केही रोचक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ ।


फेसबुकको रंग नीलो हुनुको कारण :
फेसबुकको रंग निलो हुनुको पछाडि मार्क जुकरवर्गको कलर व्लाइन्डनेसको समस्या हावी छ । ‘न्युयोर्कर’ लाई दिएको एक अन्तरवार्तामा आफुले हरियो र रातो रंग नदेख्ने हुनाले उनलाई नीलो रंग सबैभन्दा सहज लाग्ने मार्कले बताएका छन् । फेसबुक सुरुदेखि नै एकै रंगमा छ । मार्क यसलाई जतिसक्दो सादा बनाउन चाहन्थे । यसै कारणले उनले फेसबुकमा पनि नीलो रंग राखेको बताइएको छ ।

आइसल्याण्डको संविधान फेसबुकको सहयोगमा लेखिएको :
सन् १९४४ मा डेनमार्कबाट अलग्गिएपछि पनि आइसल्याण्डले आफ्नो संविधान नबनाई डेनमार्ककै संविधान मानिरहेको थियो । सन् २०११ मा भने आइसल्याण्डले आफ्नो संविधान लेख्ने निर्णय गर्यो । यसका लागि आइसल्याण्डले २५ जनाको परिषद् गठन गर्यो र उनीहरुले फेसबुकको सहारा लिएर मानिसहरुको सुझाव मागे ।
यो परिषद्ले संविधानको दस्तावेज नै फेसबुकमा पोष्ट गरिदियो । यो दस्तावेजमा मानिसहरुले आफ्नो विचार र सुझाव व्यक्त गरे र यसैको आधारमा आइसल्याण्डको संविधान लेखियो जसलाई फेसबुकमा पोष्ट पनि गरिएको थियो ।

सम्बन्ध विच्छेदको सबैभन्दा साझा कारण :
सन् २०११ मा सम्बन्धविच्छेद अनलाइनको तथ्यांकको अनुसार, अमेरिकामा दर्ता भएका सम्बन्ध विच्छेद गर्ने सम्पूर्णको एकतिहाइ कारण कुनै न कुनैरुपमा फेसबुक रहेको थियो । सम्बन्धविच्छेद अनलाइनका अनुसार यसकुराको प्रमाणका रुपमा मानिसहरुले आफ्नो जीवनसाथीको च्याट सन्देशहरु, नराम्रा कमेन्टहरु र फेसबुकका साथीहरुको नामावली पेश गरेका थिए । सामाजिक संजालले सम्बन्धमा परिवर्तन ल्याएको पाइएको छ ।

८३ प्रतिशत यौनकर्मीहरुको फ्यान पेज छ फेसबुकमाः
फेसबुकमा ८३ प्रतिशत यौनकर्मीहरुको फ्यान पेज रहको छ । यो कुरा कोलम्बिया विश्वविद्यालयका एक अनुसन्धानकर्ता सुधीर वेंकटेशनले अगाडि राखेका थिए । सुधीरको अनुुसन्धानका अनुसार पहिले यी यौनकर्मीहरुले आफैँले क्रेगलिस्ट वेबसाइटमा वयष्क सेवा अन्तर्गत आफ्नो विवरण राखेका थिए, पछि तिनै यौनकर्मीहरु फेसबुकमा आफ्नो फ्यान पेज खोल्न तर्फ लागेका हुन् ।

मार्क जुकरवर्गको पेजको सर्टकर्टः
फेसबुकमा मार्क जुकरवर्गको पेज हेर्नका लागि एक खास सर्टकर्ट रहेको छ । फेसबुकको यूआरएलको पछाडि अंक ४ लेखियो भने ब्राउजरमा सिधै जुकरवर्गको पेज खुल्छ । उनको पेजका लागि www.facebook.com/4 लेख्नुपर्ने हुन्छ । त्यस्तै यूआरएलको पछाडि ५ र ६ अंक लेख्दा क्रमशः क्रिस हग्स र डस्टिन मोस्कोविट्जको पेजसम्म पुगिन्छ । यिनीहरु फेसबुकका सह–संस्थापक हुन् ।

फेसबुकद्वारा ह्याकरहरुलाई इनामः
फेसबुकद्वारा ह्याकरहरुलाई इनाम दिने गरिएको छ । हरेक व्यक्ति जसले फेसबुक ह्याक गर्न सक्छ, उसलाई ५ सय अमेरिकी डलर इनाम सरह प्रदान गरिन्छ । यति मात्र नभई कसैले फेसबुकको कुनै गल्ती पत्ता लगाएमा पनि यो इनामको हकदार हुन सकिन्छ । तर यो नियममा फेसबुकका शर्तहरु पनि लागू हुन्छ । यस अन्तर्गत ह्याकरले आफ्नो परिचय नदिई फेसबुकलाई आफ्नो गल्ती सुधार्ने २४ घण्टाको समय दिनुपर्ने हुन्छ ।

फेसबुकमा अनफ्रेन्ड गर्दा हत्याः
फेसबुकको कारणबाट अपराध पनि भएको छ । यसको प्रमाण हो अमेरिकाको टेननेसीमा भएको हत्याकाण्ड । जेनेले पोर्टन नामकी एक महिलालाई बिली क्ले पेनी र बिली जिन हेवर्थ दम्पतीले फेसबुकबाट अनफ्रेन्ड गर्दा जेनेले पोर्टनका पिता आक्रोशमा आएर ती दम्पतीको हत्या गरेका थिए ।

क्रान्तिकारीद्वारा विद्यालयमा टहरा निर्माण

अखिल क्रान्तिकारी विद्यार्थी संगठन झापामा भूकम्पले
क्षति पुर्याएका विद्यालयहरुमा टहरा निर्माण गर्दै
दमक । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले झापामा भूकम्पले क्षति पुर्याएका विद्यालयहरुमा टहरा निर्माण गरी पठन पाठन सुचारु गर्न सहयोग गर्ने अभियान थालेको छ । जस अन्तर्गत संगठनका विद्यार्थीहरुले सोमबार दमक १० को दीपिनी निमाविमा टहरा निर्माण गरेका छन् । त्यहाँको पश्चितर्फको ब्लकको पछाडिको पिल्लर तोडिएको अवस्था रहेपछि सो ब्लकलाई खतराको सूचिमा राखिएको छ । त्यहाँको ब्लकमा कक्षा २, ६ र ७ को पढाई हुने गर्दथ्यो । जिल्ला कमिटीको पहलमा ३० जनाको टोलीले बाँसको खाँवा र चित्राको बेरा सहित त्रिपालको छानो हालेर विद्यालयका लागि अस्थायी टहरा निर्माण गरेका छन् । आफु आफुले सहयोग जुटाएर २० हजारको लागतमा त्यहाँ टहरा निर्माण गरिएको र जिल्लाका अन्य ८ वटा विद्यालयमा पनि सवन्वय गरी काम गरिने संगठनका केन्द्रीय सदस्य महेन्द्र भट्टराईले जनाए । उनले रेडक्रस र युनिसेफसँग सहकार्य गर्ने कुरा हुँदै गरेको पनि उल्लेख गरे । आफुहरुले संगठनका तर्फबाट सिन्धुपाल्चोकको ज्यामिरे, माने र अर्चलेमा २७ वटा टहरा बनाएर आएको उनले बताए । दमकको दीपिनीका साथै ढुकुरपानी उच्चमावि र सरस्वती उच्चमाविका केही कोठा भूकम्पका कारण पठनपाठनका लागि त्रासयुक्त छन् । दमकका अन्य दुइमध्ये बढी समस्यामा दीपिनी रहेको छ । जिल्लाका बिभिन्न ५ वटा बिद्यालय पनि बस्नै नहुने गरि क्षतिग्रस्त भएको बताइएको छ ।

सञ्चारमाध्यम आफैं पीडित

भूकम्पले सञ्चारमाध्यमलाई पनि असर नपार्ने कुरै भएन । तर जति नै असर परेपनि सञ्चारमाध्यमले आफ्नो कर्म रोक्नै मिल्दैन । काठमाडौंमा घरहरु क्षत विक्षत भएको अवस्थामा पनि वैशाख १२ देखि नै पालमुनी बसेर सञ्चार कर्म गरिरहेको छ । लगानी गरेर यसका लगानीकर्ताले सञ्चार उद्योग बनाउने हो । उद्योगको सम्पूर्ण स्वामित्व र अधिकार सञ्चालककै हो । तर यसले प्रकाशन र प्रशारण थालेपछि आम पाठक र स्रोताको सार्वजनिक सम्पत्ती बन्छ । यसकारण पनि कस्तै संकटमा समेत यसलाई कुनै समय र कुनै दिन बन्द गर्न मिल्ने अवस्था हुँदैन । बन्द भएमा जनताको सूचना पाउने अधिकार नै हनन् हुन पुग्छ ।
यसर्थ, सञ्चारमाध्यमले भूकम्पको पीडा सहेर भएपनि आफ्नो कर्म जारी राखेका छन् । पूर्वमा पनि भूकम्प पीडाले सञ्चारमाध्यम पीडित छन् । भूकम्प र त्यसको लगातारको पराकम्पनपछि झापाको काँकडभिट्टास्थित लोकतन्त्र पोष्टको कार्यालय भवन चर्किएर बस्नै जोखिम भएपछि पत्रिकाको कार्यालय पालमा छ । पालमा बसेर भएपनि उसले आफ्नो प्रकाशनलाई निरन्तरता दिँदैछ । यता दमककै पिपुल्स टाइम्सको कार्यालय रहेको भवन पनि चर्किएको छ । सम्पादन कक्षकै भित्तो चर्किनुका साथै पिल्लर जोडिएको ठाउँ समेत चर्किएको छ । यस्तो अवस्थाको भवनमा बसेर काम गरिहँदा केही होला या नहोला भन्ने आफैं प्रश्न उठेको छ ।
उता पूर्व सन्देश दैनिक रहेको भवन पनि पुरानो जीर्ण अवस्थाको छ । त्यसका भित्ताहरु पनि चर्किएर भूकम्प जाँदा त्रासको वातावरण बनेको छ ।
यति हुँदाहुँदै पनि हामीले हाम्रो काम सूचारु गरिरहेका छौं । डराएर मात्रै पनि भएन । पराकम्पन आइरहँदा नडराएर पनि नहुँने स्थिति छ । यस्तो अवस्थामा सञ्चार क्षेत्रको सुरक्षाको नीति पनि थप आवश्यक देखिन्छ ।

विद्यार्थीलाई मनोपरामर्श जरुरी


ओमप्रकाश गौतम
गत वैशाख १२ र २९ गतेको महाभूकम्पको धक्काले आम नेपालीहरुलाई  मात्र त्रसित बनाएन, विश्व संसारलाई ध्यानाकर्षण गरायो । त्यसपछिका पराकम्पनहरुले झनै–झनै पीडामाथि पीडा थपिदिंदै गएको छ । हिजो–आज हामीलाई यस्तो अनुुभूति भइरहेको छ कि यो पृथ्वीमा कम्पन आइदिएन भने के भयो होला, कसो भयो होला ? यस्तै–यस्तै मनोतर्कले हामीलाई भुलाईरहेको छ । यसरी नै नेपालमा अर्को मनगढन्ते ज्योतिषी, धामी–झाँक्रीहरुको दिनप्रतिदिनको भूूकम्पको धक्काको मिति र समय तोकिएका खबरहरु मिडियामा आइरहेको खबरले त झनै–झनै शंका र उपशंका थपिदिदै गइरहेको छ ।
प्रकृतिको निर्दयीता र राज्यको निरीहताबीचको मानवजनजीवन दैनिकी भूूकम्पको उथल–पुुथलले सारा नेपाली संशकित बन्दै गइरहेका छन् । देशको भौतिक, सांस्कृतिक, धार्मिक, पुरातत्विक क्षेत्रहरुको संरचना भूकम्पको धक्काले गम्भीर असर पारेर गयो त्यसको सबैभन्दा ठूलो असर शैक्षिक क्षेत्रमा पर्न गएको छ । अधिराज्यभर हजारौं–हजार भन्दा बढी विद्यार्थीहरु मृत्युुवरण गर्न पुुगेका छन् । लाखौं–लाख बालबालिका घाइते भएका छन्, कतिको त घरबारबिहिन भएको अवस्था छ । गाँस, बास र कपास खोसिएको छ, यो दैवी प्रकृति पनि कति निर्दयी रहेछ, हामी सम्पूर्ण नेपालीहरुको मनलाई आज यसले आपत्–विपत्को स्थितिमा पुु¥याई दिएको छ । मनमा शान्ति छैन, अमनचयन छैन, भोक, प्यास, निद हामीबाट चुँडाइदियो यो महाभूकम्पले ।
यो दिनप्रतिदिनको मौसमी परिवर्तनले त झनै त्रासमाथि त्रास थपिदिएको छ । कहिले चर्को घाम लाग्ने, कहिले पानी पर्ने, कहिले हावाहुरी आउने, आकाश खस्ला जस्तो गर्ने मौसमी परिवर्तनले हाम्रा बालबालिकाहरु धेरै त्रसित छन् । २०७२ वैशाखको पहिलो साता बित्ने बित्तिकै विद्यालय सञ्चालन भए पश्चात्को महाभूकम्पको धक्काले हाम्रा बालबालिकाहरुको पढ्ने, लेख्ने र बोल्ने अधिकार सबै खोसिदियो महाभूकम्पले ।
महाभूकम्पको त्रासका कारण बन्द भएको विद्यालय जेष्ठ १ गतेदेखि खुल्ने भनिए तापनि पनि पटक–पटकको पराकम्पनको धक्काले झनै त्रास फैलाइदिएको छ । यसैका कारण सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु जेष्ठको दोस्रो साता भन्दा अगाडि खोल्न नसकिने परिस्थिति सिर्जना भएको समाचार शिक्षक संघ, संगठनको मोर्चाले प्रेसित गरिरहेका छन् ।
गत वैशाख १२ र २९ गतेको महाभूकम्पको धक्का र २५० भन्दा बढीको पराकम्पनले पुु¥याएको असरले विद्यालयको भवन लगायत भौतिक संरचनाहरुको क्षति नेपालभर अनुुगमन तथा मूल्यांकन गरेर क्षतिको विवरण शिक्षाक्षेत्रका सम्बन्धित निकायले जिल्ला शिक्षा कार्यालयमा पेश गरिरहेका छन् । झापामा मात्रै धेरै विद्यालयका भवनहरु माथि धेरै क्षति पुुगेको समाचार दिनका दिन आइरहेको हुनाले तुुरुन्त पठन–पाठन गर्न नसक्ने अवस्था अनुुगमन कर्ताहरुले भनिरहेका छन् । कति भवन त छानानै चर्किएका छन्, भौतिक सामग्रीहरुमा असर पुगेको छ । कोठाभित्र पसेर अध्यापन गराउन सक्ने अवस्था छैन ।
दिनानुदिन आइरहेको यो पृथ्वीको कम्पनले गर्दा विद्यार्थीको मस्तिष्कमा धेरै नै असर पुुगेको जानकारी मनोचिकित्सकहरु गरिरहेका छन् ।
उनीहरुको भनाई अनुुसार मनोसामाजिक परामर्शको कार्यक्रम सञ्चालन गरेर विद्यालय तहमा त्रासको वातावरण हटाउन सकिने कुराको जानकारी बोध गराइरहेका छन् । शिक्षकहरुलाई दिइने त्यस्तो मनोसामाजिक परामर्शका लागि स्रोतव्यक्तिसहित मनोविज्ञ तथा परामर्शतादाहरुको सहयोग लिएर अघि बढ्न सकेमात्र विद्यार्थीहरुको मस्तिष्कलाई त्रासबाट हटाउन सकिन्छ । यसकारण शिक्षकहरुलाई मनोेसामाजिक परामर्श दिए मात्रै उनीहरुले त्यस किसिमको परामर्श बालबालिकाहरुलाई दिन सक्छन् जुन अहिलेको त्रसित वातावरणमा विद्यार्थीहरुको मस्तिष्कलाई त्रासबाट नियन्त्रण गर्न सकिन्छ । अहिले हाम्रा बालबालिकाहरुलाई तपाई हामीले नै त्रसित बनाइरहेका छौं, उ आयो, आयो, भूकम्प आयो, भाग, भाग भनेर त्रासमाथि त्रास थपिरहेका छौं यो घटना तपाई हामीले चोक–चोक र गल्ली गल्लीमा हल्ला गरेको बाटै स्पष्ट छ कि बालबालिका किन यस्ता अनर्गल प्रचारबाजीबाट मुक्त हुन सकिरहेका छैनन् ? के बालबालिकालाई यसरी त्रासको स्थिति जन्माइदिइ राख्ने कि मनोपरामर्शको पद्धतिद्वारा त्रास हटाइदिने ? यस्ता अनर्गल प्रचारबाजी तपाइँ हामीले गरिरहेको छौ भने ती कलिला बालबालिका भन्दा टाढा रहेर ठट्टा गरौं, उनीहरुको नजिक बसेर यस्तो कार्य कोही कसैले नगरौं । यस्ता पराकम्पनहरुलाई बिर्सिदिनका लागि हाम्रा विद्यार्थीहरुलाई सामान्य अवस्थामा पुुनः फर्काउन आफन्त, साथीभाइ र शिक्षक गुमाउनुको पीडा भुलाउन सोझै विषयवस्तुको पढाइभन्दा सुरुवाती दिनहरुमा अतिरिक्त क्रियाकलापतर्फ ध्यान केन्द्रित गराएर मनोपरामर्श सम्बन्धी चेतनालाई नियन्त्रण गर्नका लागि  फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस जस्ता खेलकुुदका सामग्री किनिदिएर खुुल्ला ठाउँमा खेलेको विकासको लागि खेलकुद खेल्न सिकाएरै भए पनि मनोद्वन्द्वलाई हामी सबैले हटाऔं । निरन्तर जारी रहिरहेको झड्का र कम्पनले हाम्रा बालबालिकाहरुको मस्तिष्कमा नै असर पुगिरहेको हुुनाले शान्ति तथा मैत्रीपूर्ण ब्यवहारको सीप र सिर्जनाले उनीहरुलाई पुुनः पहिलेको अवस्थामा ल्याउने वातावरणको सिर्जना तपाइँ हामी शिक्षक अभिभावक र सरोकारवाला पक्षले ध्यान दिनु जरुरी छ । अनि मात्र धक्काको अनुुभव कम हुँदै जानेछ । उनीहरुको मस्तिष्कभित्र र ती बालबालिकाको भूूकम्पजन्य मानसिक समस्या बिस्तारै कम हुँदै जानेछ । त्रसित मानसिकतामा रहेका बालबालिकालाई घरभित्र वा बाहिर सबैसँग मिलेर खेल्ने खेलमा सहभागी गराउन सके मात्र उनीहरुले विगतका दुुखद् घटना उनीहरुको मस्तिष्कबाट हटाउने छन् । हामी अभिभावकहरुले अर्को कुरा भुुल्नुु हुँदैन त्यो के हो भने टेलिभिजनका पर्दाहरुमा भूूकम्पको विध्वंश र कारुणिक दृश्य आफूूसँगै बसेर देखाउनु हुँदैन किन कि त्यो कारुणिक तस्वीर उनीहरुको मस्तिष्कले देख्यो भने ती बालकभित्र–भित्रै त्रसित बन्छन् र उसको मनमस्तिष्कनै खलबलिन सक्छ । उनीहरु त्यसपश्चात् भुुइँचालो गएजस्तो लाग्ने, सपना आउने, डर लाग्ने जस्ता मानसिक रोगले त्रसित भइरहन्छन्, यसको निवारणको मुुख्य आवश्यकता भनेको नै मनोपरामर्श दिएर उनीहरुको मनमस्तिष्कलाई स्थिर राख्न सक्ने क्रियाकलापको बस्तुुगत अध्ययन गरेर त्रासलाई हटाई दिन सक्नु नै हो । यस्ता मनोविज्ञान सम्बन्धी विषयवस्तु केन्द्रित मनोविमर्श तालिमको परामर्श दिदै हाम्रा बालबालिकाको मस्तिष्कबाट भूूकम्पको त्रासलाई हटाएर मात्रै विद्यार्थीहरुलाई विद्यालय पठाऔं ।
omgautam817@gmail.com

यमपञ्चक : अर्थात आर्थिक क्रान्ति पर्व

चक्रपाणि गौतम “मुमुक्षु”
 पूर्वीय सनातन धर्मानुयायीहरूले चन्द्रमास गणना पद्धति अनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्मका पाँच दिनहरूलाई यमपञ्चकका रुपमा मनाउने परम्परा छ । नेपाली जनजिब्रोका भाषामा हामी यी दिनहरूलाई तिहार पनि भन्दछौ । यो पर्वका पाँचै दिनका महत्व अलग–अलग भएपनि मूल मर्म एउटै छ ।
काग तिहार :
तिहारको पहिलो दिन सर्बभक्षी, सचेष्ट र दीर्घायु पक्षि कागको पूजा गरेर मनाईन्छ । हिन्दु धर्मशास्त्र अनुसार काग काल मृत्यु र शकुनको सन्देशवाहक पंक्षी हो । यसको कर्कश स्वर र बिकृत रुप देखेर मानव मन स्वतः भयभित हुने गर्दछ, परन्तु सनातन धर्मको उदार चरित्रले कागको पूजन गरेर कसैलाई मन नपर्ने प्राणीको पनि प्रकृतिमा सम्मान र स्थान हुनु पर्दछ भनेर निर्देश गर्दछ ।
आजकै दिन आयुर्बेदका प्रथम प्रणेता भगवान धन्वन्तरीको अवतार भएको दिन हो स्वस्थ जीवनका लागि प्रकृतिका अनुपम उपहार बनस्पतिको संरक्षण र सम्बर्धन धनवन्तरी जयन्तीको सन्देश पनि हो । भगवान धन्वन्तरीको सिद्धान्त अनुसार “यस्य देशस्य यो जन्तु स्तज्जं तस्यौषधं हितम्” अर्थात जुन प्राणी जुन ठाउँमा जन्मन्छ उसको स्वास्थ्य रक्षाका लागि त्यही ठाउँका बनस्पतिमा नै औषधि बनेको हुन्छ, यो सार्बभौम सिद्धान्त निरोग रहन चाहने संसारका सबै देशका लागि मननीय र अनुकरणीय छ । यो जयन्ती र भगवान धनवन्तरीको यो महान अनुसन्धानलाई अनुशरण गर्ने हो भनें हामी जस्तो औषधिमा पर निर्भर हुने नेपालीले हाम्रो प्रकृतिका अनुपम उपहार बन बनस्पतिको संरक्षण, अध्ययन र औषधि निर्माण गरि औषधि किन्नका लागि विदेश पठाउने अरबौको धनराशी हाम्रै वनस्पति विकासमा खर्चन सकिनुका साथै हाम्रा वानस्पतिक औषधीहरू विदेश पठाएर संसारलाई स्वस्थ जीवन प्रदान गर्न सकिने कुरामा कुनै शंका नै छैन किनकि हाम्रो देश विविध बनस्पति र प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।
कुकुर तिहार :
स्वामीभक्त, आशक्त र मलभक्षी भनेर चिनिने कुकुर पनि काग जस्तै सचेष्ट र स्वतन्त्र प्राणी हो । धर्म शास्त्र अनुसार यो मृत्युदूत पनि हो । यस प्राणीको क्रन्दनका आधारमा शकुनशास्त्रीहरूले शकुन, अपशकुन, उल्कापात, बर्षा, विप्लव, भूकम्प र मृत्युको पूर्वानुमान लगाउने गर्दछन, यसै कारण जीवनमा प्रत्येक आपदाबाट सचेष्ट रहन कुकुरको रक्षा र सम्मान पूर्वीय संस्कृतिको अविच्छिन्न परम्परा हो । कुकुर तिहारकै दिन साँझपख चौधवटा दियोमा बत्ती बालेर संकल्प पूर्वक घरको दक्षिण दिशामा यमराजका लागि राख्ने नियम पनि छ । वास्तु शास्त्र अनुसार बासगृहको दक्षिण पट्टीको भाग सधै खुल्ला प्रकाशयक्त र स्वच्छ हुनुपर्दछ, वासस्थनमा गृहक्लेश, अस्वस्थता अकालमृत्यु र अपब्यय पनि दक्षिण दिशाको वस्तु स्थिति हेरेर मात्र वास्तुशास्त्रीय निर्णय गरिन्छ । वास्तवमा सुखद वासगृह चाहनेले दक्षिण दिशाको संबेदनशीलतालाई जहिल्यै पनि ध्यानमा राख्नु अनिवार्य छ । साथै धर्मशास्त्र अनुसार प्राणीको मृत्युपछि आत्माले दक्षिण र उत्तर मध्ये कुनै एक बाटो लाग्नुपर्ने हुन्छ, उत्तर मार्ग अर्थात स्वर्गीय मार्ग र दक्षिण नारकीय बाटो । अतः दक्षिण मार्ग गमनरुपी अन्धकारको बोधको संकेत रुप यी चौध दिपकहरू पनि हुन ।
आजकै दिन भोलिपल्ट गरिने लक्ष्मीपूजाको पूर्वतयारी पनि गरिन्छ भनें अकाल मृत्युबाट बच्न र बचाउन अन्न र कपडा दान गर्ने परम्परा छ । आफू बैभव र सम्पन्नतामा रमेर लक्ष्मी पूजा गर्दै गर्दा आप्mना वरिपरिका धनहीन छरछिमेकीहरूलाई कुनै पनि अभाव नहोस भनेर नरक चतुर्दशीका दिन गरीबहरूलाई अन्न र कपडा दान गर्नुपर्ने शास्त्रको निर्देश छ । ठूला उद्योगपति र ब्यापारीहरूले पनि आफ्नो बैभव बृद्धिमा तनमनले सहयोग गर्ने आप्mना मजदुर र उनीहरूका परिवारका सदस्यलाई उपहार, सम्मान र अतिरिक्त नगद दिने परम्परा आजपनि कतिपय घरानीया उद्यमीहरूले धानी रहेका छन् । यसरी अशक्तदेखि शक्तिशालीसम्म मजदुर देखि मालिक सम्म सबैजना आर्थिक रुपले सम्पन्न भएपछि अनि सुरु हुन्छ महालक्ष्मी पूजन ।
लक्ष्मीपूजा  :
लक्ष्मीपूजाको परम्परा सनातनदेखि चलिआएको अविच्छिनन परम्परा हो । यो पूजा र उत्सवमा गरिने सबै कर्महरूको बैज्ञानिक सांस्कृतिक र सामाजिक विश्लेषण गर्ने हो भनें यो लेखले ग्रन्थरुप लिन सक्छ, यसर्थ लक्ष्मीपूजाको ऐतिहासिक प्रसङ्गतर्फ लागौ ।
इतिहास अध्ययन गर्ने हो भने संसारलाई सभ्यता सिकाउने आर्यावर्त कृषि, अर्थ र बाणिज्यमा संसारमा सबैभन्दा समुन्नत थियो । पृथ्विीको भौगोलिक अवस्थालाई विशिष्ट अध्ययन गर्ने हो भनें ध्रुवीय प्रदेश र अन्य केही देशहरूमा जलवायु सधंै एक समान रहने गरेको छ भनें आर्य संस्कृतिको उद्गमस्थल आर्यावर्तमा कालचक्रका आधारमा ऋतु परिवर्तन भइरहन्छ अनि भिन्न भिन्न ऋतुहरूमा विविध गुण र शक्ति सम्पन्न फल, मूल, औषधि र वनस्पतिको उत्पादन भईरहन्छ । यस कारण भारतबर्षका देशहरू अन्न, फल र बनस्पतिमा समृद्ध थिए र अहिले पनि छन् । जीवनको महत्वपूर्ण बस्तु अन्न र बस्त्र नै हो । र यस क्षेत्रमा यो समयमा प्रचुर मात्रामा अन्न र कवास उत्पन्न भएको हुन्थ्यो । यसबेला सारा संसार अन्न र कपडाको चिन्ताबाट मुक्त भएको हुन्थ्यो । सुख समृद्धिको यो समय सबैका लागि उत्सव सरह मनाईन्थ्यो । अन्न र कपडाको प्रशस्ततामा जनताले राज्यलाई बुझाउनुपर्ने उचित कर पनि बुझाई सकेका हुन्थे । यसरी सबैतिरबाट चिन्तामुक्त भएका जनतालाई आ आप्mना शासकहरूले विभिन्न समूह विभाजन गरि शास्त्रको निर्देशन अनुसार दक्ष आचार्य र गुरुहरूको निर्देशनमा खेलकुद, नाचगान, महिला सम्मेलन, ब्यापारीहरूको सम्मेलन, गर्दै उत्पादित अन्न, कवास फलको बजार अध्ययन, तेजी मन्दीको पूर्वानुमान दूग्ध उत्पादन, पशुहरूको वंश सुधार र आयात निर्यातमा धर्मपूर्वक चर्चा गरिन्थ्यो । धनाढ्य ब्यापारीहरूले आयोजित खेलकूदमा खेलाडी र खेलसमूहमाथि विजयको पूर्वानुमान गरि बाजी थाप्थे । उत्कृष्ट कला प्रदर्शन गर्ने कलाकर्मीलाई राज्यले पुरस्कृत गथ्यो । कलाकारहरूका विभिन्न समूहहरू घरघरमा गएर सर्बाेत्कृष्ट कला प्रदर्शन गर्दैृ राज्यको कला संस्कृतिलाई समुन्नत बनाउन उत्साहित हुन्थे अनि यस काममा राज्यको प्रत्यक्ष सहयोग र समर्थन रहन्थ्यो
यसरी मानव सभ्यताको विकाश संगै सूत्रपात भएको दीपावलीको शास्त्रीय संस्कृति राष्ट्रोत्थानको गरिमामय र विशिष्ट पर्व हो । धर्मशास्त्र र इतिहास ग्रन्थका आधारमा दीपावलीका सम्बन्धमा वर्णन पुष्टि गरिएका अन्य कथा र जनश्रुतिहरू पनि देश र काल भेदले सबै सत्य नै हुन् । दीपावलीका दिन बिहान सबैले आफ्नो आवास गल्ली, चोक चौतारा स्वच्छ र सुन्दर पार्ने परम्परा छ भनें दिनभर पितृहरूको संझनामा निराहार बस्ने नियम पनि छ । साँझपख घर तथा ब्यापारिक प्रतिष्ठानमा सुन्दर दीपकहरू बालेर गणेश, लक्ष्मी, नवग्रह मातृका, पूजनगरि नयाँ हिसाब खाता र लेनदेन प्रारम्भ गर्ने नियम छ । यसरी उल्लासमय वातावरणमा महालक्ष्मीको पूजन गरेर आ आप्mनो परिश्रम र प्रारब्ध अनुसार प्राप्त सम्पत्तिको यश आप्mना दिवंगत पिता पुर्खालाई दिंदै आफूभन्दा ठूला व्यक्तिको आशिर्वाद लिई सपरिवार भोजन गर्ने परम्परा छ । यस सनातन संस्कृतिले हाम्रा भावी सन्ततिहरूलाई पारिवारिक एकताको सूत्रमा बाँधिन प्रेरित गराउनुका साथै आफ्नो कूल परम्पराको गरिमालाई अक्षुण्ण राख्न मनोबैज्ञानिक बाध्यता पनि सिर्जना गर्दछ । यस पुनित कार्यले परम्परागत सु संस्कारलाई अनुसरण गरि सुखी जीवन बनाउन सहयोग गर्दछ । श्रमपूर्वक धन उपार्जन र त्यागपूर्वक त्यसको उपभोग भन्ने शास्त्रीय बिज्ञानलाई दीपावलीले अझ समुन्नत बनाएको छ ।
गोबर्धन पूजा र अन्नकूट :
प्रतिपदा तिथि गाई र गोबंश पूजनको तिथि हो । हामी एउटा सरल प्राणीलाई बन्धक बनाएर आफू अनुकूल ब्याख्या गरि आप्mनो स्वार्थ पूरा गरि रहन्छौं । स्वतन्त्रताको उसको जन्मसिद्ध अधिकारको गलत परिभाषा गरि उसको दोहन गर्दछौं । हाम्रो स्वार्थका लागि स्वास्थ्यका लागि अनि राष्ट्रका लागि । बिचरा ! के आवश्यकता छ र उसलाई हाम्रो दाशता स्वीकार गरोस् ? उसलाई कुन बाध्यता छ र हाम्रो लागि आफूभन्दा सयौं गुना ठूलो भारी बोकोस र मरोस दुःखद र उपेक्षित बृद्धावस्थाले ? हामीभन्दा कैयौ गुना शक्तिशाली भएर पनि हाम्रो बन्धक बनेर हाम्रा लागि निरीह बनिदिन्छ, के उसको कुनै अधिकार छैन ? उसको स्वास्थ्य र शरीर रक्षा गर्नु हाम्रो दायित्व हैन ? अव गो वंशको रक्षा नश्ल सुधार उसको उत्तम स्वास्थ्यको प्रबन्धका लागि राष्ट्रिय सम्मेलन, चिन्तन र बहस गर्ने दिन हुनु पर्छ पशु अधिकारका लागि र राष्ट्र निर्माण का लागि । अनि घर–घरमा पालिनु र पूजिनु पर्छ गाई र गो वंश, यही महत्व हो हल तिहारको ।
हल तिहार कै दिन अन्नकूटको पनि आयोजना गरिन्छ । मौसम परिवर्तनको संघारमा टोल टोलका किसानहरूले आ आप्mनो खेतबारीमा उब्जाएको नयां अन्नलाई एकैठांउमा भेला पारेर चौरासी प्रकारका परिकार बनाई अन्नदाता परमेश्वरलाई समर्पण गरि सहभोज गरेर मनाईने यो उत्सवले मानवमात्रमा सह अस्तित्वको भावना जागृत गराउन कति ठूलो भूमिका निर्वाह गर्दछ, कल्पन गरौं ।
भाईटीका :
दाजुभाई दिदी बहिनी बीचको सम्बन्ध प्रगाढ र दृढ बनाउने यो दिन सद्भाव, सौहार्दता र सहृदयताको पर्व हो । धर्म शास्त्र अनुसार चेलीको रक्षा माईतीको दायित्व हो । यदि चेलीको चित्त नदुखाई माईतीले चेलीलाई शिक्षा, दीक्षा र रक्षा प्रदान गरेको छ भनें विषम परिस्थितिमा जस्तोसुकै मूल्य चुकाएर पनि चेलीले माईतीको रक्षा गरेका बीर कथाहरू सनातन संस्कृतिमा अनेकौ छन् ।
भाईटीकाका रुपमा निधारमा टीका लगाई चेलीले माईतीरुपी गर्वी पुरुषलाई “घमण्ड गरी आफूलाई पथभ्रष्ट बनाए अकाल मृत्यु पनि हुनसक्छ त्यसैलै सधैं नम्र उदार र चरित्रवान हुनु” भनि बैष्णवी शिक्षा दिंदै गुरुको जस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नु भाईटीकाको अन्तरनिहीत सत्य हो । अन्त्यमा यमपञ्चक हाम्रा लागि संस्कृति सभ्यता र आर्थिक क्रान्तिको राष्ट्रिय पर्व हो, प्रकाश पर्वको शुभकामना ।
दमक १३ झापा

प्रेम र जीवन

रुद्र निरौला
प्रेम जीवनको मूलधार हो । बिनाप्रेम जीवनको कल्पना गर्न सकिँदैन । संसार प्रेमकै कारण बाँचेको छ । अंग्रेजी शब्द ीयखभ र नेपाली शब्द प्रेम समानार्थक मानिएका छन् । प्रेम साना मसिना किट पतङ्गदेखि विशाल स्थुलवस्तुसम्म गरिने ममता नै प्यार, प्रेम या माया हो । आज भोलि युवा जमात सहज रुपमा क्ष् ीयखभ थ्यग भन्ने गर्दछन् । कसैप्रति प्रेम देखाउन सद्भावना राख्नु वा पवित्रताको स्मरण गर्नु सचेत प्राणीको गुण हो । त्यसैले, बोलेर वा भावनात्मक रुपले कसैप्रति आत्मीयता प्रकट गर्नु प्राणीको चरित्रभित्र पर्दछ । प्रेमका स्वरुपहरू आ–आफ्नै हुन्छन् । विशुद्ध प्रेम, कामनाका आधारमा गरिने प्रेम, प्रतिक्षण बद्र्धमान भइरहने प्रेम, अविच्छिन्न रहिरहने प्रेम, शुक्ष्मातीशूक्ष्म रहने प्रेम र अनुभवयुक्त प्रेम गरेर जम्मा छ वटा लक्षण मानिएका छन् । शास्त्रोक्त विधिबाट वर्गीकृत गरिएका यी छ वटै प्रेमका लक्षण विशुद्ध भावना भएका व्यक्तिबाट मात्र सम्भव हुन्छ ।
आजको देश दुनियाँ प्रेमका अनेक भावमा प्रस्तुत हुने गरेको देखिन्छ । जो विशुद्ध प्रेमको कसीमा उत्तीर्ण हुन सकेको मानिँदैन । पूर्वीय दर्शनका आधारमा वर्गीकृत गरिएका पे्रमका छ वटा लक्षण जसले देखाउन वा प्रस्तुत गर्न सक्छ, त्यही प्रेम सर्वोत्तम मान्न सकिन्छ । प्रेमको सच्चा रुप गुणसँग सम्बन्ध राख्दैन । यदि कसैले कसैलाई गर्ने प्रेम गुणसँत जोडिएको छ भने त्यो गुणमा अलिकति विचलन आउनासाथ प्रेममा आँच आउन सक्छ । रुप र सौन्दर्यता केलाउने मुख्य वस्तु हाम्रो चैतन्यता हो । कसैले कसैलाई प्रेम गर्दा उसको बाह्य रुपाकृतिमा मात्र सीमित राख्छ भने त्यो आकृतिमा अलिकति उतारचढाव आएमा त्यसप्रति राखिने प्रेममा आँच आउन सक्छ । यदि त्यस्तो भयो भने त्यो प्रेम वास्तविक प्रेम हुँदैन । अर्को प्रेमको लक्षण कामनारहित हुनु हो । प्रेम कामना या काम वासनामा मात्र सीमित राखेर देखाइयो भने त्यो क्षणिक हुन्छ । काम वासना टुक्रिएपछि त्यो प्रेमको कुनै अर्थ रहँदैन । काम वासना निश्चित समयसम्म रहन्छ र त्यो क्रमशः न्यून हुँदै अनिच्छातिर पुग्छ । तर, सच्चा प्रेम त्यसरी न्यूनतातिर पुग्दैन । सच्चा प्रेम त झन्–झन् प्रगाढभएर पो देखापर्छ । त्यसैले, सच्चा प्रेमको बलियो कसी कामवासनातिर निर्दिष्ट हुन सक्दैन । जुन काममा केवल आशक्तता मात्र रहन्छ, त्यो प्रेम असली प्रेम हुँदैन । यसरी नै प्रेमको अर्को लक्षण प्रतिक्षण वृद्धि भइ नै रहन्छ । नदीको उद्गम स्थल प्रेमको बिजारोपण विन्दु मान्दा नदी बग्दै जाँदा बढ्दै जाने, धर्ममा आधारित हुन्छ । जति–जति प्रेमका आधारवस्तुहरू प्रतिस्थापित हुँदै जान्छन्, त्यति त्यति सच्चा प्रेम झाङ्गिँदै र फैलिँदै व्यापक रुपमा रुपान्तरित हुँदै जान सक्छ । बारम्बार वृद्धि भइ रहनु प्रेमको अर्को गुण हो । त्यस्तै अर्को रुप प्रेमको अविच्छिन्नता पनि हो । केही समय रहने र त्यसपछि हराउने वा बिर्सिने प्रेमको वास्तविक लक्षण होइन । जो प्रेम जोसँग स्थापित हुन्छ, त्यो साश्वत हो भने अविच्छिन्न हुन्छ । त्यसैले साँचो प्रेमको अर्को लक्षण यसमा देखिने अविच्छिन्नता हो । यसपछिको प्रेमको अर्को लक्षण शुक्ष्मतामा आधारित हुन्छ । स्थुलवस्तुमा देखापर्ने प्रेम वस्तुको आकृति घट्ने बित्तिकै घृणामा वा नैराश्यमा रुपान्तरित हुन पुग्छ । यदि त्यसो भयो भने त्यो प्रेमको सच्चा लक्षण होइन ।
त्यसैले सच्चा प्रेम अत्यन्त शुक्ष्मदेखि विस्तृत अंशसम्म अविच्छिन्न रुपले रहिरहन्छ । यसैगरी, प्रेमको अन्तिम रुप अनुभवजन्य भएर रहन्छ । प्रेमको वास्तवमा भावनात्मक अभिव्यक्ति हो । यसलाई कुनै रुपाकृति, ओजन, तौल, रङ्ग, स्वाद आदिमा तुलना गर्न सकिँदैन । प्रेम गुण स्वादरहित एक अनुभूतिजन्य हुनाले यो वस्तु तथ्यात्मक रुपमा प्रकट हुन सक्दैन तर अनुभव र अनुभूतिमा यो प्रतिविम्वित भइरहन्छ ।
यस्तै प्रेमको व्यवहारगत विवेचना गर्दा प्रेम एक ऐश्वर्य हो । प्रेमको ऐश्वर्यताबाटै विश्व सृष्टिका यावत वस्तुको सृष्टि भएको छ । प्रेमकै कारण उत्पादित वस्तुको आपसी विनिमय हुने गरेको र अनन्त आवश्यकताहरूलाई त्यही ऐश्वर्यताका आधारमा परिपूर्ति गर्दै व्यवहारोपयोगी बनाउनु प्रेमको अर्को स्वरुप हो । त्यस्तै, सच्चा प्रेममा यश, किर्ती आदिको अस्तित्व कायम भएको हुन्छ । प्रेमकै असल माध्यमबाट मानिसले आफ्नो किर्तिमानी कायम गर्दै जान्छ । कुनै असल, साहसिक तथा स्वालम्बनका कार्यप्रति देखाउने असल प्रेमकै आधारमा उच्च–उच्च किर्तिमानहरू कायम गरेर आफू ऐश्वर्यशाली वा किर्तिमानी बन्ने गरेका कैयन उदाहरणहरू छन्, जो साँचो प्रैमका परिणाम हुन् । साँचो प्रेमबाट प्राप्त हुने अर्को वस्तु धन अथवा आयआर्जन पनि हो । कुनै मानिस धन आर्जनका लागि जीवनभ रहाड घोट्दै हैरान हुछ, तर हात लाग्यो शून्य । तर कसै–कसैले सामान्य लगानी गरेजस्तो देखिए पनि उसैलाई वैभवशाली बनेको हामी देख्छौं । त्यो वास्तविक प्रेमबाट प्राप्त भइरहेको हुन्छ ।
असल प्रेम ज्ञानको प्रतिविम्व भएर देखापर्दछ । कैयन व्यक्तिहरू प्रेम अज्ञानमै गर्ने र क्षणभङ्गुर गराएर पश्चाताम खेपिरहेका हुन्छन् । वास्तवमा प्रेम कच्चा र क्षणिक देखाउन गर्ने वस्तु बनाइने हुँदा परिणाम त्यस्तो आउने गरेको हो । साँच्चै सोचेर र वास्तविक रुपमा गरिने प्रेम त जुठो बयर खाने कृष्णले देखाएको प्रसङ्ग आउँछ । कुब्जाको शरीरलाई साङ्ग बनाइएको प्रसङ्ग अर्को उदाहरण हो । च्यवन ऋषिप्रति सर्यादि सुकन्याले देखाएको सद्भावना हो । त्यस्तै, कृष्णले सुदामाप्रति देखाएको मित्रता अर्को प्रेमको उदाहरण हो । त्यस्तै, वैराग्यभाव देखाएर र त्यागको भाव देखाउने राजा ज्ञिवि, दधिचि मेडम क्यूरी, मोजाक्सहु, सिस्टर निर्मला, लिवर्टी, सिद्धार्थ, राजा जनक, महात्मा गान्धी, अमर शहिदहरू, दुर दृष्टान्त दिन सक्ने युगदृष्टा ऋषि, महर्षीहरू तथा आफ्नो जीवनको उत्सर्ग गरेर पनि आफ्ना दर सन्तानप्रति कर्तव्य परायण आमाहरू तथा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरू सच्चा प्रेमका उदाहरण हुन् । आज हामी प्रेमका नाममा अनेक नाटक मञ्चन भइरहेका देख्छौं । छद्मभेष धारण गरेका अनेक वर्ग छन्, अनेक संघसंगठनहरू भरमार खुलेका छन् । तर खोक्रो र देखावटी प्रेममा आधारित छन् । प्रेम प्रणय दिवसको सस्तो विज्ञापन गुलाफका अनेक रङ्गसँग विनिमय हुने गरेका छन् । देश विदेशका अनेक माध्यमहरू छन्, प्रेम गाँस्ने । सञ्चारका उपकरण आज प्रेम गर्ने लोकप्रिय माध्यम बनेका छन्, तर कति सास्वत सत्य वा देखावटी ? बडो असमञ्जास भएको छ, प्रेम । प्रेम र प्रेमिका केवल काम्यक बनेको छ । अत्यन्त आतुर प्रेमी आफ्नो निहित स्वार्थ पश्चात प्रेम परित्याग गर्न त्यति नै उद्यत रहन्छ । भमराले फुल चुम्बन गर्ने र छोड्ने रीत जस्तै । हामी मान्छे केवल ढुकुरजत्ति धैर्यशाली बन्न सकेनौं । त्यसैले प्रेम हातमा बोकेर विज्ञापन गर्ने विषय हुन सक्दैन, जो आज बन्ने गरेको छ ।
वास्तवमा प्रेम त जीवनका हर तन्तुसँग अक्षुष्ण र अच्यूत भएर गाँसिएको हुन्छ । प्रेमले सुखमा मात्र रमाउने होइन, दुःखद स्थितिमा पनि साथ दिन र मोक्ष गर्न सक्नुपर्छ । देखावटी प्रेम र काम वासनामा आशक्त प्रेम प्रेम होइन । त्यो जीवनको नमेटिने कलङ्क मात्र हो । जो चन्द्रमामा प्रतिबिम्बित भएर देखा पर्दछ । त्यसैले प्रेमका जो कोही पारखीले प्रेमको उचित महत्व बुझेर प्रेम गर्नु राम्रो हुन्छ । लहड र देखासिकीमा गरिने कुनै पनि प्रेम क्षणिक मात्र हुन्छ । वस्तुगत होस् वा जीवनगत होस्, प्रेम सत्य र दीर्घकालीन हुनुपर्दछ । त्यसले मात्रै विश्वजगत प्रेममयी बन्न र दीर्घकालसम्म रहन सक्ने हुन्छ ।

वीपीको शतवार्षिकी दिवस र नेपाली कांग्रेसको भूमिका

ओमप्रकाश गौतम
नेपाली राजनीतिकाशमा वीपी कोइराला एक मात्र उदाउँदा तारा हुन् । राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवादका त्रिवेणीका रुपमा उनलाई लिन सकिन्छ । राजनीतिक क्षेत्रबाहेक उनी साहित्य क्षेत्रमा पनि उनी एउटा उदाउँदो ताराका रुपमा लिन सकिन्छ । महान् नेपाली जनताको मुक्तिका लागि आफ्नो जीवनको पर्बाह नगर्ने र कोही कसैसँग सम्झौता पनि नगर्ने एक कुशल राजनेता उनी मात्रै हुन् ।
एकलौटी जहानियाँ राणा शासनकालमा पनि कहिल्यै नथाकि राष्ट्रिय, प्रजातन्त्र र समाजवादको स्थापनाको लागि अहोरात्र न दिनमा भोक, न रातमा निद्राको पनि पर्बाह नगरी महान् नेपाली जनताको उज्ज्वल भविष्यका लागि ज्यान अर्पण गर्न एक इञ्च पनि पछि नहट्ने समाजवादी नेता उनी नै हुन् ।
उनी महात्मा गान्धीबाट प्रभावित नेपाली शान्तिपूर्ण तरिकाले परिवर्तन होस्, जनताको गाँस, बास र कपासको ग्यारेण्टी होस्, मजदुरहरूको भावनामा कुठाराघात नहोस् भन्न चाहन्थे । उनले ‘मजदुर आन्दोलन’ देखि ‘भारत छोडो आन्दोलन’ मा पनि सक्रिय रुपमा सहभागी भएर देशमा प्रजातन्त्रको पुनस्र्थापना गर्ने एक मजदुर नेताका रुपमा सारा मजदुर वर्गहरूको संलग्नतामा भारतदेखि नेपालको भूमिमा राजनीतिको प्रमुख भूमिका सम्हालेका थिए । वीपीका महान् विचारहरूमा ‘समाजवादका नाममा हामी प्रजातन्त्रको हत्या गर्न दिदैनौं र प्रजातन्त्रको नाममा हामी शोषणलाई स्वीकार गर्दैनौं’ भन्ने जस्ता महान् विचारहरू थिए । नेपाली साहित्य र राजनीतिको क्षेत्रमा उनको स्थान सगरमाथाको उचाई झैं उँचो छ किन कि वीपीको राजनीतिक दर्शन राष्ट्रियता, लोकतन्त्र र समाजवादमा समर्पित छ र जुगौं जुँग रहिरहनेछ । आज उनकै पथप्रदर्शक सिद्धान्तको अनुयायी गर्ने नेकाका नयाँ तथा पुराना नेका पार्टीका नेताहरूले पछ्याइरहेकै छन्, तापनि उनको गरिमापूर्ण सिद्धान्तलाई लत्याएर, कुल्चिएर केवल अर्थोपार्जनको भाँडो बनाउनेहरू पनि कति भए कति ।
सन्दर्भ वीपी शतवार्षिकी दिवस

नेपालमा लोकतन्त्रको स्थापनाको निम्ति सङ्घर्ष र वीपीको अनुयायीका रुपमा नेका भित्रका शीर्ष नेताहरूले उनको सिद्धान्तलाई सही दिशातर्फ मोड्न नसकेको कुरा नेपाली कांग्रेसभित्रको जुझारु, कर्तव्यनिष्ठ नेताहरू आज पनि भनिरहेका छन् कि समाजवाद पुँजीवादतर्पm उन्मुख भयो । जनतालाई सही दिशातर्पm डोहो¥याउन सकेनन् । हिजो उनीहरूले जनतासँग राजनीतिक नेतृत्वले गरेका वाचाहरू आज पटक–पटक झुठो प्रमाणित हुँदै गएको छ, जननायक वीपी कोइरालाले सिकाएका पथप्रदर्शकहरूको उज्यालो बाटो आज भत्किँदै गएको छ । नेकाँको नेतृत्व र शक्तिहरू केन्द्रमा पुगिसक्दा पनि जनताका मुद्दा र समस्याहरू आज पनि दिनानुदिन स्खलित हुँदै गइरहेका छन्, कम्युनिष्ट पार्टीभित्र जसरी गुट र उपगुटको खैला–बैला चलिरहेको छ, त्यसरी नै नेकाँ भित्रपनि त्यही मनोरोगले उसलाई पनि गाँजिरहेको छ । उसले पनि मखमली सत्तामा ढलीमली गर्न पाएपछि देश निर्माण र परिवर्तनका एजेण्डाहरू पनि वियोगपूर्ण अवस्थाबाट तुहाई रहेका छन् । वीपीका अनुयायीभित्रका एउटा पुरानो तर सहनशील, कर्तव्यनिष्ठका रुपमा चिनिएका वर्तमान प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई असफल बनाउन पालैपालो भ्रमपूर्ण शब्दजाल मजदुरवर्गहरूबीच फ्यालिरहेका छन् । यो नृत्य हेर्दा हामीलाई के लाग्छ भने ‘काम कुरो एकातिर, कुम्लोबोकी ठिमीतिर’ भने झैं भएको छ आज । किनकि वीपीको मार्गदर्शक सिद्धान्तलाई अक्षरस पालना गर्न सकिरहेका छैनन् दोस्रो पुस्ताका नेताहरूले उनको स्मृति दिवस र जन्मशताब्दी मनाइरहँदा पनि जुन रुप अनि सारले देशभर हर्षोल्लासका साथ मनाइनुपर्ने हो, त्यो भने हुन सकिरहेका छैनन् ।
वीपीले प्रजातान्त्रिक समाजवाद, उदारवादी नेताहरूले उत्पादनलाई बढाएर अघि बढ्नु पर्छ भनेका थिए तर ठीक विपरित ध्रुवमा लम्किँदै गएको छ, नेकाँको पछिल्लो पुस्ता । उनको सिद्धान्तमा के पनि भनिएको छ भने देशमा कोही नाङ्गो भोको नबस्ने, सबैलाई सुरक्षित बास र उत्पादनमा वृद्धि गरी खाद्य संकट हटाउका लागि किसानलाई जग्गा उपलब्ध गराउनु पर्दछ, र हाम्रो कामले किसानको जीवनमा के परिवर्तन ल्याउँछ र त्यसको पनि योजना बनाएर सारा किसान तथा मजदुर वर्ग त्यसका निम्ति एक भएर अघि बढ्नुपर्छ भन्ने सिद्धान्त बोकेर उनी अघि बढेका थिए, त्यसलाई अबको नयाँ पुस्ताले आत्मसाथ गरेर अघि बढ्नु नितान्त आवश्यक छ । वीपीको विचारयात्रा कागजमा मात्रै सीमित नहोस् यो शतवार्षिकी यात्रा विराटनगरदेखि काठमाडौंको सुन्दरीजलमा पुगेर नटुङ्गियोस् । यो यात्रा विराटनगरबाट हैन, सुर्खेत र बर्दियाबाट शुरू गरेर माङ्खामा पु¥याऔं, अनि मात्र गरीबमुखी वीपीको विचारको उच्च सम्मान हुनेछ ।

omgautam817@gmail.com