क्रान्तिकारीद्वारा विद्यालयमा टहरा निर्माण

अखिल क्रान्तिकारी विद्यार्थी संगठन झापामा भूकम्पले
क्षति पुर्याएका विद्यालयहरुमा टहरा निर्माण गर्दै
दमक । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले झापामा भूकम्पले क्षति पुर्याएका विद्यालयहरुमा टहरा निर्माण गरी पठन पाठन सुचारु गर्न सहयोग गर्ने अभियान थालेको छ । जस अन्तर्गत संगठनका विद्यार्थीहरुले सोमबार दमक १० को दीपिनी निमाविमा टहरा निर्माण गरेका छन् । त्यहाँको पश्चितर्फको ब्लकको पछाडिको पिल्लर तोडिएको अवस्था रहेपछि सो ब्लकलाई खतराको सूचिमा राखिएको छ । त्यहाँको ब्लकमा कक्षा २, ६ र ७ को पढाई हुने गर्दथ्यो । जिल्ला कमिटीको पहलमा ३० जनाको टोलीले बाँसको खाँवा र चित्राको बेरा सहित त्रिपालको छानो हालेर विद्यालयका लागि अस्थायी टहरा निर्माण गरेका छन् । आफु आफुले सहयोग जुटाएर २० हजारको लागतमा त्यहाँ टहरा निर्माण गरिएको र जिल्लाका अन्य ८ वटा विद्यालयमा पनि सवन्वय गरी काम गरिने संगठनका केन्द्रीय सदस्य महेन्द्र भट्टराईले जनाए । उनले रेडक्रस र युनिसेफसँग सहकार्य गर्ने कुरा हुँदै गरेको पनि उल्लेख गरे । आफुहरुले संगठनका तर्फबाट सिन्धुपाल्चोकको ज्यामिरे, माने र अर्चलेमा २७ वटा टहरा बनाएर आएको उनले बताए । दमकको दीपिनीका साथै ढुकुरपानी उच्चमावि र सरस्वती उच्चमाविका केही कोठा भूकम्पका कारण पठनपाठनका लागि त्रासयुक्त छन् । दमकका अन्य दुइमध्ये बढी समस्यामा दीपिनी रहेको छ । जिल्लाका बिभिन्न ५ वटा बिद्यालय पनि बस्नै नहुने गरि क्षतिग्रस्त भएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment