प्रहरीद्वारा होटलमा छापा

दमक । यौन गतिबिधी गरेको भन्दै प्रहरीले झापाका दुई मुख्य शहरका होटलहरुमा बुधबार छापा मारेको छ । प्रहरीले दमक र बिर्तामोडका होटलहरुमा छापा मारेर केही जोडीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अनैतिक गतिबिधी भइरहेको भन्दै दमकका केही होटलहरुमा छापा मारेर ७ वटा होटलमा छापा मारेर ७ जोडीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी इश्वर कार्कीले जानकारी दिए । होटलहरुमा गैर कानुनी रुपमा यौन क्रियाकलाप भएको सुराकीको आधारमा ती होटलहरुमा छापा मारेको प्रहरीको भनाई छ । राजमार्ग क्षेत्रका ७ वटा होटलमा छापा मार्दा गैरकानुनी रुपमा शारिरीक सम्पर्कमा रहेका जोडीहरु पक्राउ परेको प्रहरीको दावी छ । पक्राउ पर्नेमा केही दमकका र केही छिमेकी गाउँका बासिन्दा भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सोधपुछपछि अभिभावकको जिम्मा लगाएको  डिएसपी कार्कीले बताए । होटलमा छापा मार्ने अभियान अब केही दिन जारी रहने प्रहरीले जनाएको छ । प्रहरीले पुर्ब स्टेण्डका ढावा, पुर्बेली, गोर्खा, दमक चोकको
सिर्जना लगायतका होटलमा छापा मारेको हो । डिएसपी कार्की दमक आएपछि प्रहरीले पहिलोपटक दमकका होटलहरुमा बेश्याबृद्धि भइरहको आशंकामा छापा मारेको हो । तर प्रहरीले बुधबार छापा मार्दा दमकमा वेश्याबृद्धि गर्र्ने मुख्य होटलहरुलाई भने केही नगरेको पाइएको छ । आफ्नो नाम सार्बजनिक नगर्ने शर्तमा होटल ब्यावसायी संघका एक पदाधिकारीले भने: खुलेआम बेश्याबृद्धि गर्ने होटललाई केही गरेको देखिएन, यसमा बार्गेनिङ गरेको हुनसक्छ । पछिल्ला दिनहरुमा यहाँका केही होटलहरुमा यौनजन्य गतिबिधी बढ्दै गएपनि प्रहरीले खासै चासो दिएको थिएन । तर बुधबार अचानक प्रहरीले छापा मारेपछि यौनधन्धा चलाउनेहरु आतंकित भएको बताइएको छ । बिदेशमा युवा युवती होटलमा बसेर शारीरिक सम्पर्क गर्नु कुनै इस्यु नभएपनि नेपाल जस्तो मुलुकमा सामाजिक बिकृति फैलिन नदिन छापा मारेको कार्कीले बताए ।

0 प्रतिकृया:

Post a Comment