हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

दर्बिलो एकताका लागि धार्मिक सामाजिक सद्भाव आवश्यक- मुख्य समाचार

लारुम्बा/ संबिधान सभाकी उपाध्यक्ष पूर्णकुमारी सुबेदीले धार्मिक र साँस्कृतिक सद्भावले मात्र मुलुकको दर्बिलो एकता हुने बताएकी छन् ।
सुबेदीले बुधबार दक्षिणी इलामको बाँझो ९ को लारुम्वा सम्पन्न किरात धर्मगुरु आत्मानन्द िलंदेनकी धर्मपत्नी पबित्राहांगमा िलंदेनको ५६ औं जन्मोत्सव समारोहमा बोल्दै सो कुरा बताएकी हुन् ।

समारोहमा सुबेदीले मुलुक स्थायी शान्तिको दिशातर्फ उन्मुख बन्दै गएकाले हरेक जातजातीले जातीय सद्भाव कायम राख्ने भूमिका निर्बाह गर्नु पर्ने उल्लेख गरिन् । समारोहमा किरात धर्मगुरु आत्मानन्द िलंदेनले पनि ुआर्शिबचनु दिएका थिए । सोही अवसरमा संचालित महिला फुटबल लगायतका महिला खेलकुदका बिजेतालाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
यसै बिच दमक बसपार्क निर्माण समितिले सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ । लारुम्बा जाने क्रममा दमक आईपुगेकी उनलाई बसपार्क निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको समितिका अध्यक्ष शंकर बस्नेतले बताए ।

संस्कृति संरक्षणमा महिलाको महत्वपूर्ण भूमिका - उपमुख्य समाचार

उर्लाबारी/ पूर्व उप-प्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाले संस्कृति संरक्षणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताएकी छन् ।
मोरङको इटहरा-२ सोमबारेमा बुधबार सप्ताहब्यापी महायज्ञ उद्घाटन गर्दै कोइरालाले सो कुरा बताएकी हुन् । संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान पुर् याउने महिलालाई प्रोत्साहन र हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
विगतमा माओवादीकै कारण देशमा अशान्ति र विकास निर्माण अवरुद्ध भएको उल्लेख गर्दै कोइरालाले अहिले माओवादीको चाहनाअनुरुप सेना समायोजनको प्रकि्रया अगाडि बढेकाले देशमा स्थायी शान्ति कायम हुने राय ब्यक्त गरिन् ।

संस्कृत पाठशाला साचालनका लागि स्थानीय गोपेश्वर महादेव मन्दिरको आयोजनामा सुरु भएको सो महायज्ञ आगामी फागुन ९ गतेसम्म साचालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव कर्ण सुवेदीले जानकारी दिए ।

ग्ा्रामीण पर्यटन प्रवद्र्धनमा जोड

सुरुड्डा/ ग्रामीण पर्यटन प्रवद्र्धनले मुलुकको चौतर्फी विकासमा सहयोग गर्ने भन्दै त्यसका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहने झापा सुरुङ्गामा अवस्थित जामुनबाडीमा आयोजित एक अन्तरकि्रयाका वक्ताहरुले बताएका छन् ।
नॆपाल प्रेस युनियन झापा शाखाले बुधबार जामुनखाडी सिमसार तथा पर्यटन क्षेत्रमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले सो बताएका हुन् । आगामी शनिबारदेखि यस क्षेत्रमा आयोजना हुन लागेको वन महोत्सव-२०६८ कार्यक्रमलाई लक्षित गरी सम्पन्न अन्तरकि्रयामा जामुनबाडी वन उपभोक्ता समूहका अध्यक्ष परशुराम गिरी मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख चिन्तामणि दाहाल नेपाल पत्रकार महासंघका सचिव दिपेनबाला राई सह-सचिव एकराज गिरी प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई क्रान्तिकारी पत्रकार संघका कोचिला राज्य समितिका विमल लामिछाने पत्रकार उमाकान्त खनाल लगायतले बोलेका थिए ।
सो क्षेत्रमा शनिबारदेखि १० दिने वन महोत्सव आयोजनाको तयारी कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । पहिलो पटक आयोजना गर्न लागिउको महोत्सवमा १ लाख अवलोकनकर्ता भित्रिने अनुमान आयोजकको रहेको छ । ३ दर्जन बढी वनका उत्पादित साम्रग्री अन्य व्यापारिक स्टलहरु रहने महोत्सवमा ५० लाख बढी कारोबार हुने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका साचार संयोजक प्रेम अधिकारीले जानकारी दिए ।

सामुदायिक भवन शिलान्यास

दमक/ दमक-५ मा बुधबार जालपादेवी सामुदायीक भवन शिलान्यास गरिएको छ । बिभिन्न राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थितिमा नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले भवनको शिलान्यास गरेका हुन् ।
जलपादेवी तथा त्रिकालेश्वर मन्दिर परिसरमा निर्माण हुन् । भवन निर्माण समितिका अध्यक्ष सन्तकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जालपा देवी तथा त्रिकालेश्वर मन्दिर संरक्षक समितिका संयोजक गंगा बराल बिशिष्ट अतिथि रहेका थिए । निर्माण समितिका सदस्य सुमन नेम्वाङ्ले साचालन गरेको कार्यक्रममा सचिव चन्द्रप्रसाद निरौलाले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
भवन निर्माणका लागि लक्ष्मीप्रसाद गौतमले २ धुर धनबहादुर बस्नेतले डेढ धुर तथा उदयनाथ दाहाल तारामान भुजेल हेमसागर पोख्रेल खड्गप्रसाद गौतम सन्तकुमार बस्नेत र नविन बरालले १÷१ धुर जग्गा प्रदान गरको कोषाध्यक्ष तारामान भुजेलले जानकारी दिए । भवन निर्माणका लागि २४ लाख रुपैयाँ खर्च हुने तथा नगरपालिका लगायत बिभिन्न निकायबाट सहयोगको अपेक्षा गरिएको जनाइएको छ ।

श्रीमतीको हत्या

खाँदबारी/ संखुवासभाको दिदीङ-९ स्थित खसु्रवाका मनकुमार राईले बुधबार श्रीमतीको हत्या गरेका छन । सामान्य विवाद हुँदाहँुदै राईले २५ बर्षीया आनन्दकुमारी राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
कुटपिटपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्या लगत्तै प्रहरीले मनकुमार राई पक्राउ गरेको छ ।

प्रौढकक्षा शुरु

दमक/ सानो बाह्रघरे सामुदायिक अध्यन केन्द्र दमक १८ ले प्रौढ कक्षा दोश्रो शुरु गरेको छ ।
कक्षामा ४५ देखि ६० उमेरका २० जना व्यक्तिहरु सहभागी छन् । बुधबार कक्षाको िसंहदेवी उच्चमाविका प्राचार्य रुद्र सुवेदीले सहभागीहरुलाई शैक्षिक सामाग्री दिएर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा केन्द्रका सदस्य जीवन ढकाल पूर्णिमा बुढाथोकी लगायतले बोलेका थिए ।
केन्द्रले दमकका-१६ देखि १९ नम्बर सम्मका वडामा यस प्रकारको कक्षा तथा आयमूलक कार्यक्रम साचालन गर्ने केन्द्रका सचिव कुँबेर भट्टराईले जानकारी दिए ।

धिमाल नेतृत्वमा नगेन्द्र

दमक/  धिमाल स्वायत्त क्षेत्र स्थापनाका लागि एकताबद्ध र आन्दोलित हुने निर्णय गर्दै धिमाल जातीय विकास केन्द्रको तेस्रो महाधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
महाधिवेशनले नगेन्द्र धिमालको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिका वरिष्ठ उपाध्यक्षमा तेजबहादुर धिमाल उपाध्यक्षत्रयमा मोनिका धिमाल रेशम धिमाल र वर्तबहादुर धिमाल रहेका छन् भने महासचिव सचिव र कोषाध्यक्षमा क्रमशः केदार धिमाल भक्तबहादुर धिमाल र अमरबहादुर धिमाल चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा दीपक धिमाल कुमार धिमाल गणेशमान धिमाल रतनबहादुर धिमाल वर्तमान धिमाल मातृका धिमाल रामप्रसाद धिमाल लगायत रहेका छन् । आगामी ५ वर्षका लागि जिम्मेवारी बुझेको समितिले धिमाल स्वायत्त क्षेत्र स्थापना अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ कार्यान्वयन गराउने लगायतका प्रतिबद्धता व्यक्त गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले केही दिनपछि नै थप नीति तथा कार्यक्रमका लागि घोषणा पत्र सार्वजनिक गर्ने निर्वाचन समितिका सदस्य सचिव अजित धिमालले जानकारी दिए ।

चेतावनी स्वरुप चक्काजाम

लखनपुर/ झापा लखनपुर-५ का स्थानीयबासीले बुधबार करिब ४ घण्टा पाडाजुङ्गी-गौरीगाज सडक खण्डको गेउरिया चोकमा यातायात अवरोध गरेका छन् । सो रुटमा चल्ने यातायातका साधनले आफूहरुलाई गलत व्यवहार गरेको भन्दै स्थानीयले चेतावनी स्वरुप चक्काजाम गरेको बताएका छन् ।
बिहान ६ बजेदेखि १० बजेसम्म त्यहाँ स्थानीयवासीले एमबुलेन्स र बिरामी बोकेका सवारी साधन बाहेक सबै सवारीलाई रोकेका थिए । आन्दोलनकारीहरुले मोटरसाईकल समेत डोर् याएर लान आग्रह गरेका थिए । यात्रुबाहक बस र ट्याक्सी गरी दैनिक रुपमा ४५ बढी सवारी साधन चल्ने सो रुटमा भाडामा एकरुपता नहुने गेउरिया चोकबाट चढ्ने र उत्रने यात्रुहरुलाई दमक स्टेण्ड र गेउरिया चोकबाट निर्वाद चढ्न नदिने गाडीका सह-चालक र कण्डक्टरहरुले महिला र बृद्धबृद्धाहरुलाई अभद्र व्यवहार र अश्लील शब्द प्रयोग गर्ने गरेका भन्दै स्थानीयले सो विरुद्ध पहिलो चरणको आन्दोलन गरेको बताए ।
स्थानीय महिला सुभद्रा राईले आफूहरुलाई गाडी चढ्न नदिने अपशव्द प्रयोग गर्ने आदि आरोप लगाएकी छन् । महिला युवा बृद्धबृद्धा र बालबालिका समेत यातायातका साधन रोक्न सडकमा आएका थिए । उनीहरुले यातायात कर्मचारीहरुको खराव प्रवृत्तिका विरुद्ध आन्दोलन गर्न बाध्य हुनुपरेको बताएका छन् ।
यसैबीच यातायात व्यवसायी संघका प्रतिनिधि र स्थानीयबासी बीच छलफल गरी उप्रान्त समस्या आउन नदिन सहमति भएको कनकाई यातायात संघका सदस्य-सचिव गंगा सिटौलाले जानकारी दिए । चक्काजाम खुलाउन सोही स्थानमा भएको वार्तामा यातायात व्यवसायीका तर्फबाट
सहभागी सिटौलाका अनुसार स्थानीयबासीले सडकको दुवै तिर बस स्टेण्ड तोक्ने र बोर्ड राख्ने सबै यातायात तोकिएको स्थानमा अनिवार्य रोक्नु पर्ने र यात्रुलाई चढाउनु र ओराल्नुपर्ने लगायतका सहमति भएको छ । त्यस्तै सहमति कार्यान्वयनका लागि स्थानीयका तर्फबाट ४ सदस्यीय अनुगमन टोली गठन समेत भएको छ । समितिकी सदस्य समेत रहेकी राईले उप्रान्त कुनै पनि समस्या आए समितिले तुरुन्त यातायात व्यवसायीहरुसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताइन् । प्रहरी प्रशासनको रोहवरमा दुई पक्षीय वार्ता पछि सो सडक खण्डमा यातायात सुचारु भएको थियो ।

ू राजनीतिक निर्णय मान्छौँ - लडाकु ू

काठमाडौ/ माओवादी सेनाका लडाकुहरुको जनरल स्टाफको टोलीले बुधबार पार्टी नेतृत्वसँग समायोजनका विषयमा छलफल गरेको छ । छलफलमा सेनासमायोजनका क्रममा पद तालिम लगायतका विषयमा हुने राजनीतिक निर्णयलाई लडाकुले स्वीकार गर्ने सहमति भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल पार्टी महासचिव तथा सैन्य विभाग प्रमुख रामबहादुर थापा सुरक्षाब्युरो प्रमुख वर्षमान पुनसहित लडाकु प्रमुख नन्दकिशोर पुन डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल र सातै डिभिजन कमाण्डरको बैठकमा उपस्थिति थियो ।

बैठकले स्वेच्छिक अवकास प्रकि्रया सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्नुका साथै अब समायोजन प्रकि्रया पनि सुचारु गरिनुपर्ने निष्कर्ष निकालेको लडाकुको पहिलो डिभिजनका प्रमुख यमबहादुर अधिकारीले जानकारी दिए । उनले सेनासमायोजनका क्रममा पद तालिमलगायतका विषयमा हुने राजनीतिक निर्णयलाई लडाकुले स्वीकार गर्ने सहमति भएको उल्लेख गरे । फोटो ः लडाकु

ड्युप बोरिङ गाड्ने कार्य शुरु

उर्लाबारी/ मोरङको उर्लाबारी-६ स्थित मदन भण्डारी स्मृती प्रतिष्ठानको हाता भित्र ड्यूप बोटिङ गाड्ने कार्य शुरु भएको छ ।
नेपाल सरकारले १७ लाख रुपैयाँ सहयोगमा सो बोटिङ गाड्न शुरु गरिएको हो । प्रतिष्ठान र निकट भविष्यमा बन्ने मदन भण्डारी सामुदायिक अस्पताललाई लक्षित गरेर बहुवर्षीय योजना अन्र्तगत खानेपानी ट्याङ्कीको लागि पहिलो चरणको सो बोटिङ गाड्ने कार्य भईरहेको खानेपानी आयोजनामा संयोजक भूपाल जिमिले बताए । भविष्यमा पानीको आवाश्यकतालाई ध्यानमा राखेर प्रतिष्ठानकै पहलमा हाल सो कार्य भईरहेका समेत उनले जानकारी दिए । ४ सय ५० फिट गहिरो र ५ इन्च बराबरको पाईपबाट पानी निकालिएको पानी ९० फिट माथी सम्म लैजान सकिने रिभस्र मेसिन अपरेटर दिनेश श्रेष्ठले बताए ।