संस्कृति संरक्षणमा महिलाको महत्वपूर्ण भूमिका - उपमुख्य समाचार

उर्लाबारी/ पूर्व उप-प्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाले संस्कृति संरक्षणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताएकी छन् ।
मोरङको इटहरा-२ सोमबारेमा बुधबार सप्ताहब्यापी महायज्ञ उद्घाटन गर्दै कोइरालाले सो कुरा बताएकी हुन् । संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान पुर् याउने महिलालाई प्रोत्साहन र हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
विगतमा माओवादीकै कारण देशमा अशान्ति र विकास निर्माण अवरुद्ध भएको उल्लेख गर्दै कोइरालाले अहिले माओवादीको चाहनाअनुरुप सेना समायोजनको प्रकि्रया अगाडि बढेकाले देशमा स्थायी शान्ति कायम हुने राय ब्यक्त गरिन् ।

संस्कृत पाठशाला साचालनका लागि स्थानीय गोपेश्वर महादेव मन्दिरको आयोजनामा सुरु भएको सो महायज्ञ आगामी फागुन ९ गतेसम्म साचालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव कर्ण सुवेदीले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment