ग्ा्रामीण पर्यटन प्रवद्र्धनमा जोड

सुरुड्डा/ ग्रामीण पर्यटन प्रवद्र्धनले मुलुकको चौतर्फी विकासमा सहयोग गर्ने भन्दै त्यसका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहने झापा सुरुङ्गामा अवस्थित जामुनबाडीमा आयोजित एक अन्तरकि्रयाका वक्ताहरुले बताएका छन् ।
नॆपाल प्रेस युनियन झापा शाखाले बुधबार जामुनखाडी सिमसार तथा पर्यटन क्षेत्रमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले सो बताएका हुन् । आगामी शनिबारदेखि यस क्षेत्रमा आयोजना हुन लागेको वन महोत्सव-२०६८ कार्यक्रमलाई लक्षित गरी सम्पन्न अन्तरकि्रयामा जामुनबाडी वन उपभोक्ता समूहका अध्यक्ष परशुराम गिरी मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख चिन्तामणि दाहाल नेपाल पत्रकार महासंघका सचिव दिपेनबाला राई सह-सचिव एकराज गिरी प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई क्रान्तिकारी पत्रकार संघका कोचिला राज्य समितिका विमल लामिछाने पत्रकार उमाकान्त खनाल लगायतले बोलेका थिए ।
सो क्षेत्रमा शनिबारदेखि १० दिने वन महोत्सव आयोजनाको तयारी कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । पहिलो पटक आयोजना गर्न लागिउको महोत्सवमा १ लाख अवलोकनकर्ता भित्रिने अनुमान आयोजकको रहेको छ । ३ दर्जन बढी वनका उत्पादित साम्रग्री अन्य व्यापारिक स्टलहरु रहने महोत्सवमा ५० लाख बढी कारोबार हुने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका साचार संयोजक प्रेम अधिकारीले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment