प्रौढकक्षा शुरु

दमक/ सानो बाह्रघरे सामुदायिक अध्यन केन्द्र दमक १८ ले प्रौढ कक्षा दोश्रो शुरु गरेको छ ।
कक्षामा ४५ देखि ६० उमेरका २० जना व्यक्तिहरु सहभागी छन् । बुधबार कक्षाको िसंहदेवी उच्चमाविका प्राचार्य रुद्र सुवेदीले सहभागीहरुलाई शैक्षिक सामाग्री दिएर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा केन्द्रका सदस्य जीवन ढकाल पूर्णिमा बुढाथोकी लगायतले बोलेका थिए ।
केन्द्रले दमकका-१६ देखि १९ नम्बर सम्मका वडामा यस प्रकारको कक्षा तथा आयमूलक कार्यक्रम साचालन गर्ने केन्द्रका सचिव कुँबेर भट्टराईले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment