सामुदायिक भवन शिलान्यास

दमक/ दमक-५ मा बुधबार जालपादेवी सामुदायीक भवन शिलान्यास गरिएको छ । बिभिन्न राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थितिमा नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले भवनको शिलान्यास गरेका हुन् ।
जलपादेवी तथा त्रिकालेश्वर मन्दिर परिसरमा निर्माण हुन् । भवन निर्माण समितिका अध्यक्ष सन्तकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जालपा देवी तथा त्रिकालेश्वर मन्दिर संरक्षक समितिका संयोजक गंगा बराल बिशिष्ट अतिथि रहेका थिए । निर्माण समितिका सदस्य सुमन नेम्वाङ्ले साचालन गरेको कार्यक्रममा सचिव चन्द्रप्रसाद निरौलाले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
भवन निर्माणका लागि लक्ष्मीप्रसाद गौतमले २ धुर धनबहादुर बस्नेतले डेढ धुर तथा उदयनाथ दाहाल तारामान भुजेल हेमसागर पोख्रेल खड्गप्रसाद गौतम सन्तकुमार बस्नेत र नविन बरालले १÷१ धुर जग्गा प्रदान गरको कोषाध्यक्ष तारामान भुजेलले जानकारी दिए । भवन निर्माणका लागि २४ लाख रुपैयाँ खर्च हुने तथा नगरपालिका लगायत बिभिन्न निकायबाट सहयोगको अपेक्षा गरिएको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment