ू राजनीतिक निर्णय मान्छौँ - लडाकु ू

काठमाडौ/ माओवादी सेनाका लडाकुहरुको जनरल स्टाफको टोलीले बुधबार पार्टी नेतृत्वसँग समायोजनका विषयमा छलफल गरेको छ । छलफलमा सेनासमायोजनका क्रममा पद तालिम लगायतका विषयमा हुने राजनीतिक निर्णयलाई लडाकुले स्वीकार गर्ने सहमति भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल पार्टी महासचिव तथा सैन्य विभाग प्रमुख रामबहादुर थापा सुरक्षाब्युरो प्रमुख वर्षमान पुनसहित लडाकु प्रमुख नन्दकिशोर पुन डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल र सातै डिभिजन कमाण्डरको बैठकमा उपस्थिति थियो ।

बैठकले स्वेच्छिक अवकास प्रकि्रया सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्नुका साथै अब समायोजन प्रकि्रया पनि सुचारु गरिनुपर्ने निष्कर्ष निकालेको लडाकुको पहिलो डिभिजनका प्रमुख यमबहादुर अधिकारीले जानकारी दिए । उनले सेनासमायोजनका क्रममा पद तालिमलगायतका विषयमा हुने राजनीतिक निर्णयलाई लडाकुले स्वीकार गर्ने सहमति भएको उल्लेख गरे । फोटो ः लडाकु

0 प्रतिकृया:

Post a Comment