ड्युप बोरिङ गाड्ने कार्य शुरु

उर्लाबारी/ मोरङको उर्लाबारी-६ स्थित मदन भण्डारी स्मृती प्रतिष्ठानको हाता भित्र ड्यूप बोटिङ गाड्ने कार्य शुरु भएको छ ।
नेपाल सरकारले १७ लाख रुपैयाँ सहयोगमा सो बोटिङ गाड्न शुरु गरिएको हो । प्रतिष्ठान र निकट भविष्यमा बन्ने मदन भण्डारी सामुदायिक अस्पताललाई लक्षित गरेर बहुवर्षीय योजना अन्र्तगत खानेपानी ट्याङ्कीको लागि पहिलो चरणको सो बोटिङ गाड्ने कार्य भईरहेको खानेपानी आयोजनामा संयोजक भूपाल जिमिले बताए । भविष्यमा पानीको आवाश्यकतालाई ध्यानमा राखेर प्रतिष्ठानकै पहलमा हाल सो कार्य भईरहेका समेत उनले जानकारी दिए । ४ सय ५० फिट गहिरो र ५ इन्च बराबरको पाईपबाट पानी निकालिएको पानी ९० फिट माथी सम्म लैजान सकिने रिभस्र मेसिन अपरेटर दिनेश श्रेष्ठले बताए ।

0 प्रतिकृया:

Post a Comment