धिमाल नेतृत्वमा नगेन्द्र

दमक/  धिमाल स्वायत्त क्षेत्र स्थापनाका लागि एकताबद्ध र आन्दोलित हुने निर्णय गर्दै धिमाल जातीय विकास केन्द्रको तेस्रो महाधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
महाधिवेशनले नगेन्द्र धिमालको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिका वरिष्ठ उपाध्यक्षमा तेजबहादुर धिमाल उपाध्यक्षत्रयमा मोनिका धिमाल रेशम धिमाल र वर्तबहादुर धिमाल रहेका छन् भने महासचिव सचिव र कोषाध्यक्षमा क्रमशः केदार धिमाल भक्तबहादुर धिमाल र अमरबहादुर धिमाल चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा दीपक धिमाल कुमार धिमाल गणेशमान धिमाल रतनबहादुर धिमाल वर्तमान धिमाल मातृका धिमाल रामप्रसाद धिमाल लगायत रहेका छन् । आगामी ५ वर्षका लागि जिम्मेवारी बुझेको समितिले धिमाल स्वायत्त क्षेत्र स्थापना अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ कार्यान्वयन गराउने लगायतका प्रतिबद्धता व्यक्त गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले केही दिनपछि नै थप नीति तथा कार्यक्रमका लागि घोषणा पत्र सार्वजनिक गर्ने निर्वाचन समितिका सदस्य सचिव अजित धिमालले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment